stcnepal long ad
global ime bank long

कोभिड १९ बाट अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका संक्रमित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्। महामारी सुरु भएयता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ। ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’ को पछिल्लो तथ्यांक अनुसार यहाँका १ करोड ३२ लाख बालबालिका कोभिड १९ को संक्रमणबाट संक्रमित भएका छन्।

अमेरिकामा पछिल्लो समयमा बालबालिकामा कोभिडको संक्रमण बढ्दो देखिएको छ। गएको मे १२ सम्मको पछिल्लो हप्तामा मात्र ९३ हजार बालबालिकामा यसको संक्रमण भेटिएको पाइएको हो।

 

 

पछिल्लो ४ हप्तामा मात्र कम्तीमा पनि दुई लाख ४६ हजार जना बालबालिकामा कोभिडको संक्रमण बढेको देखिएको छ। अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले यहाँ पछिल्ला हप्ताहरुमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको पाइएको बताएको छ।

IME Lifesidebar
kumari