श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस
कोलम्बो । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले भाइरस भेटिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका आएका एक जना व्यक्तिमा सो भाइरस देखिएको हो ।
उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । यहीँ उनको उपचार भइरहेको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ । अहिले यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ । रासस–सिन्ह्वा


























