citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

म्यानमारकी नेतृ सुकीका निकट सहयोगीलाई २० वर्ष जेल सजाय

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एजेन्सी । म्यानमारकी नेतृ आङ सान सुकीका निकट सहयोगीलाई २० वर्षको जेल सजाय सुनाइएको छ । सुकीका सहयोगी यू विन एचटिनलाई विशेष अदालतले धारा १ सय २४ ‘क’ अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको हो । ८० वर्षीय यू विन लामो समयदेखि राजनीतिक कैदी थिए ।

यू विन लामो समयसम्म सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका थिए ।

पक्राउ हुनुभन्दा केही दिन अगाडि उहाँले स्थानीय सञ्चार माध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा लगेको बताएका थिए ।

गएको फेब्रुअरीमा नेतृ आङ सान सुकी लगायतका नेताहरूलाई पक्राउ गरेर म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।

म्यानमारमा सैन्य शासन सुरु भएदेखि नै राजनीतिक अस्तव्यस्तता देखिएको छ । एक स्थानीय मानव अधिकार अनुगमनकारी समूहका अनुसार यो अवधिमा राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका छन् । म्यानमारमा एक हजारभन्दा बढी मानिसहरू सुरक्षा फौजद्वारा मारिएका छन् ।

himalayan life insurance
igi long