citizens life insurance long ad
stcnepal long ad

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे दुई लाख नाघ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे दुई लाख नाघेको छ । बिहीबार बिहानसम्म २ लाख ५६ हजार २ सय ५४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

अमेरिकामा कोरोना संक्रमणको जोखिम तीव्ररुपमा फैलिइरहेको छ । १ करोड १८ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । विश्वका अन्य मुलुकहरुको तुलनामा यो निकै नै बढी हो । अमेरिकामा अझै मृतको संख्यामा वृद्धि हुने देखिएको छ । हरेक दिन दैनिक संक्रमण बढ्दो छ । एजेन्सी

IME Life
kumari