अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे दुई लाख नाघ्यो
Owner Dorota Marshall (L) disinfects a body bag containing the body of a COVID-19 victim on a gurney at Maryland Cremation services in Millersville, Maryland, on April 17, 2020. - In the past three weeks the owners of Maryland Cremation services, Dorota Marshall and her husband Sean, have seen an estimated increase of 30% more cases because of the novel coronavirus pandemic. Because of the pandemic and the risks, they can no longer allow viewings, but only identification visits, while families must pick up the ashes outside the office in their cars. They recently agreed to see if they could help a New York crematorium, which is backed up with overflow, with cremations. (Photo by ANDREW CABALLERO-REYNOLDS / AFP)
काठमाडौँ । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे दुई लाख नाघेको छ । बिहीबार बिहानसम्म २ लाख ५६ हजार २ सय ५४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
अमेरिकामा कोरोना संक्रमणको जोखिम तीव्ररुपमा फैलिइरहेको छ । १ करोड १८ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । विश्वका अन्य मुलुकहरुको तुलनामा यो निकै नै बढी हो । अमेरिकामा अझै मृतको संख्यामा वृद्धि हुने देखिएको छ । हरेक दिन दैनिक संक्रमण बढ्दो छ । एजेन्सी
























