stcnepal long ad
ime life insurance
national life
global ime bank long

बहराइनका प्रधानमन्त्री खालिफाको निधन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको निधन भएको छ । बहराइनको राजदरबारले अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको बुधबार निधन भएको ट्विटर मार्फत जानकारी दिएको छ।८४ वर्षीय खालिफाको अमेरिकाको मायो क्लिनिक अस्पतालमा उपचार भइरहेको थियो ।

उनको पार्थिव शरिरलाई बहराइन ल्याएपछि अन्तिम संस्कार गरिने छ। कोरोना भाइरसका कारण सीमित मानिसहरूलाई मात्र शवयात्रामा सहभागी गराइने बताइएको छ।

बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलिदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको छ।

राजपरिवारमा जन्मिएका खालिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी लगातार प्रधानमन्त्री रहे। संसारभर यतिलामो समय प्रधानमन्त्री हुने उनी नै पहिलो व्यक्ति हुन्। उनीभन्दा पछाडि कम्बोडियाका प्रधानमन्त्री हुन सेन छन्। हुन सेन १९८५ देखि कम्बोडियाका प्रधानमन्त्री छन्।

IME Lifesidebar
kumari