कोभिड–१९ खोप स् जोन्सन एन्ड जोन्सन क्लिनिकल ट्रायलको तेस्रो चरणमा, ६० हजार जनामा परीक्षण गर्दै
काठमाडौँ । दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक देखिएपछि जोन्सन एन्ड जोन्सनको कोभिड–१९ खोप पनि क्लिनिकल ट्रायलको तेस्रो चरणमा प्रवेश गरेको छ । जोन्सन एन्ड जोन्सनले बुधवार कोभिड १९ विरुद्धको खोप परीक्षणको तेस्रो चरणमा पुगेको जानकारी दिएको हो ।
कम्पनीका अध्यक्ष एलेक्स गोर्स्कीका अनुसार खोप व्यापारमुखि नहुने र कम्पनीको वैज्ञानिक नवीनतालाई बढाएर यस महामारीको अन्त्य गर्न मद्दत गर्ने बताएका छन् ।
दुई चरणको क्लिनिकल ट्रायल सकारात्मक भएपछि तेस्रो चरणमा प्रवेश गरेको जोन्सन एन्ड जोन्सनको तेस्रो चरणमा ६० हजार मानिसमा यसको प्रयोग गरिनेछ ।
खोप चिसो पैदा गर्ने एडेनोभायरसको एक डोजमा आधारित रहेको र नयाँ कोरोनाभाइरसको एक भागसँग मिलाएर स्पाइक प्रोटीन ले मानव कोषहरूलाई आक्रमण गर्न प्रयोग गर्दछ। तेस्रो चरणमा सफलता मिल्यो भने सन् २०२१ को सुरुमा नै यसलाई प्रयोगमा ल्याउन सकिने छ।























