stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

चीनको कोरोना खोप आगामी नोभेम्बरमा बजारमा आउन सक्ने

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । चीनले बनाइरहेको कोरोना भाइरसविरूद्धको भ्याक्सिन आगामी नोभेम्बरको सुरूमै बजारमा उपलब्ध हुनसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार चीनमा हाल अन्तिम चरणको परीक्षणमा रहेका खोपहरू आममानिसको प्रयोगका लागि चाँडै उपलब्ध हुनेछन् ।

समाचार एजेन्सीहरूका अनुसार चाइनिज सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टरकी बायोसेफ्टी विज्ञ गुइझेन वुले अहिले तेस्रो चरणको परीक्षण भइरहेका भ्याक्सिन नोभेम्बरसम्म आममानिसले प्रयोग गर्न पाउने बताएकी हुन् । उनले एक अन्तर्वार्तामा पछिल्लो समय आफूले पनि एउटा खोप लगाएको र त्यसको कुनै साइड इफेक्ट नदेखिएको बताएकी छन् ।

अहिले चीनका विभिन्न कम्पनीहरूले बनाइरहेका ४ वटा कोरोना विरूद्धका खोप ९भ्याक्सिन० तेस्रो चरणको परीक्षणमा छन् । तिनीहरूको परीक्षण चुस्त गतिमा भइरहेको र चाँडै सर्वसाधारणका लागि बजारमा उपलब्ध हुने बताइएको छ ।

चिनिया कम्पनी सिनो फार्म र सिनोभ्याक वायोटेकले राज्यको आपतकालीन् प्रयोग कार्यक्रमअन्तर्गत तीनवटा भ्याक्सिन बनाइरहेका छन् । अर्को कम्पनी क्यान सिनो बायोलोजिक्सले पनि एउटा खोप बनाइरहेको छ, जसलाई गत जुनमा सैन्य प्रयोगका लागि स्वीकृति दिइएको थियो ।

prabhu mahalaxmi
kumari