citizens life insurance long ad
stcnepal long ad

टर्कीको दाबी– ‘ब्ल्याक सी’ सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार फेला पर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तायिम इर्दोगानले ‘ब्ल्याक सी’मा हालसम्मकै ठूलो प्राकृतिक ग्यासको भण्डार पत्ता लगाएको दाबी गरेका छन्। राजधानी इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘फतेह’ नामको ड्रिलिङ जहाजले ३२० अर्ब क्युबिक मिटरको प्राकृतिक ग्यास भण्डार पत्ता लगाएको बताएका हन्।

उनले उक्त क्षेत्रमा थप ग्यास भण्डारको खोजी हुने पनि बताए । इर्दोगानले ब्ल्याक सीको ग्यास सन् २०२३ सम्म उपयोग गरिने बताए। टर्कीका ऊर्जामन्त्री फतेह दोनमेजले आफ्नो मुलुकको यो सफलता नवौंपटकको ड्रिलिङपछि प्राप्त भएको बताए।

यो टर्कीको इतिहासकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास भण्डार भएको बताइएको छ। फेला परेको भनिएको ग्यास समुद्रको २१०० मिटर तल रहेको बताइएको छ। यसबाट टर्कीलाई प्राकृतिक ग्यासका लागि अब रुस, इरान र अजरबैजानमा निर्भर रहनु पर्ने छैन।

IME Life
kumari