stcnepal long ad
global ime bank long

साउदीले बन्द गर्‍यो १२ सय किलोमिटर तेल पाइपलाइन, विश्व बजारमा आपूर्तिको जोखिम बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

साउदी अरबले आफ्नो महत्वपूर्ण पू्र्व-पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ। इराकबाट उत्पत्ति भएको भनिएको ड्रोन आक्रमणपछि सुरक्षाका कारण पाइपलाइन बन्द गरिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ।

करिब १,२०० किलोमिटर लामो उक्त पाइपलाइनले साउदी अरबको तेललाई अरब प्रायद्वीप पार गर्दै लाल सागरसम्म पुर्‍याउँदै आएको थियो। पछिल्ला महिनामा यसमार्फत दैनिक ४० लाखदेखि ५० लाख ब्यारेल कच्चा तेल प्रवाह भइरहेको थियो, जुन विश्वको कुल तेल आपूर्तिको करिब ४–५ प्रतिशत हो।

आक्रमणमा पाइपलाइनको मदिना क्षेत्रको दक्षिणी भागमा क्षति पुगेको र केही व्यक्ति घाइते भएको साउदी अधिकारीहरूले बताएका छन्। समाचार संस्था रोयटर्सका अनुसार पाइपलाइनमा भएको क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको छ भने तेल निर्यातमा कति असर परेको छ भन्ने तत्काल स्पष्ट भएको छैन।

साउदी र इराक दुवैले ड्रोन आक्रमण इराकबाट आएको बताएका छन्। इराकमा इरान समर्थित सशस्त्र समूहहरूको गतिविधि रहँदै आएको छ। घटनापछि इराकले एक सैन्य कमान्डरलाई पदबाट हटाएको छ।

होर्मुज संकटका कारण पाइपलाइनको महत्व बढेको थियो। अमेरिका र इरानबीच जारी युद्धका कारण होर्मुजमा ट्यांकर आवागमन अत्यन्तै प्रभावित भएको अवस्थामा साउदीको पाइपलाइन मध्यपूर्वी तेल आपूर्तिको महत्वपूर्ण वैकल्पिक मार्ग बनेको थियो।

पाइपलाइन बन्द भएपछि विश्व बजारमा तेल आपूर्तिको चिन्ता थप बढेको छ। पछिल्लो एक सातामै तेलको मूल्य तीव्र रूपमा बढेको छ भने अमेरिकामा डिजेलको खुद्रा मूल्य पहिलोपटक प्रतिग्यालोन ६ डलरभन्दा माथि पुगेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणका पछाडि इरानको हात हुन सक्ने बताएका छन्। उनले युद्ध नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनपछि चाँडै अन्त्य हुन सक्ने र त्यसपछि तेलको मूल्यमा ठूलो गिरावट आउने दाबीसमेत गरेका छन्।

लाल सागरमा पनि तनाव बढ्दै
यसैबीच, यमनका हुथी समूहले लाल सागरको प्रवेशद्वार नजिक रहेको रणनीतिक पेरिम टापु कब्जामा लिएको चार यमनी सरकारी स्रोतले बताएका छन्।

साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग फोनमार्फत हुथीविरुद्ध अमेरिकी सैन्य सहयोग मागेको बताइएको छ। अमेरिकाले प्रत्यक्ष रूपमा युद्धमा सहभागी नहुने तर आवश्यक गुप्तचर सहयोग गर्ने संकेत दिएको स्रोतहरूको भनाइ छ।

पाइपलाइनमाथिको आक्रमण र पेरिम टापुमा भएको घटनाले मध्यपूर्वको युद्ध थप फैलिन सक्ने जोखिम बढाएको छ। यसले विश्वव्यापी तेल आपूर्ति, पेट्रोल–डिजेलको मूल्य र मुद्रास्फीतिमा थप दबाब पर्न सक्ने चिन्ता बढाएको छ।

IME Lifesidebar
kumari