stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकी उपराष्ट्रपति भान्स इरानसँग वार्ता गर्न स्विट्जरल्यान्ड प्रस्थान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्यान्ड प्रस्थान गरेका छन् । उनी इरानसँग हुने वार्तामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

अमेरिकी विशेष दूत स्टिभ विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनर भने यसअघि नै स्विट्जरल्यान्ड पुगिसकेका छन् । उनीहरूले वार्ताका प्राविधिक पक्षहरू सम्हालिरहेका छन् ।

प्रस्थानअघि भान्सले पछिल्लो एक सातामा आफ्नो भ्रमण तालिकामा धेरै परिवर्तन भएको भन्दै यसलाई ’संवेदनशील समन्वय प्रक्रिया’ को संज्ञा दिएका थिए। उनले कूटनीतिक मर्यादा र प्रोटोकललाई विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

भान्सका अनुसार इरानसँगको वार्तामा अमेरिकाका तीन प्रमुख प्राथमिकता रहेका छन् । पहिलो, वार्ताको संरचना तय गर्ने, दोस्रो, इरानको आणविक कार्यक्रमसम्बन्धी मुद्दामा प्रगति हासिल गर्ने र तेस्रो, लेबनानमा युद्धविराम कायम गराउने ।

भान्सले आफू स्विट्जरल्यान्डमा एक वा दुई दिन मात्रै बस्ने भए पनि इरानको आणविक सामग्री व्यवस्थापनसम्बन्धी विषयमा महत्वपूर्ण प्रगति हुने अपेक्षा गरेको बताए । उनले लेबनानमा युद्धविराम कायम गर्नु पनि महत्वपूर्ण प्राथमिकता भएको उल्लेख गरेका छन् । पछिल्लो समय इजरायलबाट फेरि मिसाइल आक्रमण भएपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको उनले बताए ।

यसैबीच, इरानको प्रतिनिधिमण्डल पनि अमेरिकासँग वार्ताका लागि शनिबार स्विट्जरल्यान्ड पुगेको इरानी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । वार्ता स्विट्जरल्यान्डको पर्वतीय पर्यटकीय क्षेत्र बुर्गेनस्टकमा हुने तय भएको छ । इरानी प्रतिनिधिमण्डलको नेतृत्व मुख्य वार्ताकार मोहम्मद बाघेर घालिबाफले गरिरहेका छन् ।

IME Lifesidebar
kumari