stcnepal long ad
global ime bank long

मलेसियाको खुद्रा व्यापारमा ३.७ प्रतिशतको वृद्धि

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रिटेल ग्रुप मलेसिया (आरजीएम) का अनुसार सन् २०२६ को पहिलो त्रैमासिकमा मलेसियाको खुद्रा क्षेत्रले गत वर्षको सोही अवधिको तुलनामा ३.७ प्रतिशतको खुद्रा बिक्री वृद्धि दर्ता गरेको छ । यो वृद्धि गत मार्चमा खुद्रा व्यवसायीहरूले अनुमान गरेको ४.४ प्रतिशतको वृद्धिको तुलनामा कम हो ।

फेब्रुअरी महिनामा चिनियाँ नयाँ वर्ष र मार्चमा ईद-उल-फित्रका साथै सरकारको नगद सहायता कार्यक्रमहरूले खुद्रा खर्च बढाउन सहयोग पुर्याएको आरजीएमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
भविष्यतर्फ हेर्दा, खुद्रा व्यवसायीहरूले दोस्रो त्रैमासिकमा व्यवसायिक वृद्धि ४.८ प्रतिशत पुग्ने अपेक्षा गरेका छन् । गत वर्षको सोही अवधिमा ३ प्रतिशतको गिरावट आएको हुनाले यस पटक लो-बेस इफेक्ट (कम आधारको प्रभाव) का कारण यसमा सुधार हुने अपेक्षा गरिएको हो ।

तथापि, आरजीएमले मध्यपूर्वमा जारी द्वन्द्वका कारण उपभोक्ताहरूको क्रयशक्ति कमजोर हुन सक्ने चिन्ता व्यक्त गर्दै सन् २०२६ को वार्षिक खुद्रा बिक्री वृद्धिको अनुमानलाई साविकको ४ प्रतिशतबाट घटाएर ३.८ प्रतिशतमा झारेको छ ।

IME Lifesidebar
kumari