stcnepal long ad
ime life insurance
national life
global ime bank long

अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकाले युरोपमा उत्तर एटलान्टिक सन्धि संगठन ९नेटो० मा खटिने आफ्नो सैन्य स्रोतमा ठुलो कटौती गर्ने तयारी गरिरहेको छ ।

प्रस्तावअनुसार लडाकु विमान, निगरानी विमान, ट्याङ्कर, युद्धपोत र अन्य महत्त्वपूर्ण सैन्य उपकरणको सङ्ख्या घटाइनेछ । वासिङ्टनले युरोपेली मुलुक र क्यानडालाई महादेशको सुरक्षामा बढी जिम्मेवारी लिन प्रोत्साहित गर्ने उद्देश्यले यो कदम चालिएको बताएको छ।

दुई वरिष्ठ युरोपेली अधिकारीहरू र जुनको सुरुमा सहयोगीहरूसँग साझा गरिएको एक लिखित कागजातलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ, “प्रस्तावित कटौतीले नेटोको अपरेसनमा प्रयोग हुने महत्त्वपूर्ण सैन्य संसाधनहरूमा प्रभाव पार्नेछ । यसमा लडाकु विमान, निगरानी विमान, इन्धन भर्ने ट्याङ्कर विमान र नौसैनिक तैनातीहरू समावेश छन् ।”

प्रस्तावित कटौतीअन्तर्गत एफ–१६ र एफ–१५–ई लडाकु विमानको सङ्ख्या करिब १५० बाट घटाएर १०० बनाइनेछ । समुद्री निगरानी विमानको सङ्ख्या २६ बाट १५ मा घटाइनेछ भने युरोपको लागि उपलब्ध सबै आठ हवाई रिफ्युलिङ ट्याङ्कर विमानहरू फिर्ता लिइनेछ । युद्धपोत र पनडुब्बीहरू पनि हटाइनेछन्

यसमा मिसाइल पनडुब्बी र विमानवाहक पोतलाई अर्को स्थानमा स्थानान्तरण गर्ने उल्लेख गरिएको छ । यसका साथै दर्जनौँ युद्धपोत र विमानवाहक मिसनसँग सम्बन्धित दर्जनौँ विमान पनि हटाइनेछ । युरोपको रक्षाका लागि पहिले नै तैनाथ दुई बमवर्षक समूहमध्ये एउटालाई पनि अर्को ठाउँमा पठाउने सम्भावना छ।

नेटोको क्षमतामा प्रभाव

अमेरिकी पत्रिकाहरूका अनुसार यी परिवर्तनहरूले नेटोको लामो दूरीमा आक्रमण गर्ने र निगरानी गर्ने क्षमतालाई सीमित गर्न सक्छ । यसमा रुसी पनडुब्बीहरूको गतिविधिको निगरानी गर्ने र आवश्यक भएमा लामो दूरीको मिसाइल आक्रमणहरू सुरु गर्ने उल्लेख छ। तर यसका लागि पेन्टागनले कुनै समयसीमा दिएको छैन ।

पेन्टागनले अहिलेसम्म सार्वजनिक रूपमा यो कटौतीको समयसीमा पुष्टि गरेको छैन । पेन्टागनले तथ्याङ्कमा टिप्पणी गर्न अस्वीकार गर्‍यो र केवल युरोपमा आफ्नो सैन्य प्रतिबद्धताहरू समायोजन गर्ने बारेमा अमेरिकी युरोपेली कमान्डको सामान्य भनाइलाई उद्धृत गर्‍यो।

अमेरिकी युरोपेली कमान्डले भनेको छ, “अमेरिकाले नेटो सहयोगीहरूलाई उसले आफ्नो २०२६ को राष्ट्रिय रक्षा रणनीति र ‘नेटो ३।०’ को दृष्टिकोण अन्तर्गत व्यापक जिम्मेवारी साझा गर्ने नीतिको एक भागको रूपमा नेटो बल मोडेलमा आफ्नो योगदानलाई ‘उचित आकार’ दिनेछ ।”

अमेरिकी वायु सेनाका जनरल तथा अमेरिकी युरोपेली कमान्डका कमान्डर एलेक्सस जी ग्रिन्केभिच ले भने, “नेटो बल मोडेलको अमेरिकी सैन्य बलमाथि अत्यधिक र अनुचित निर्भरता छ ।” उनले प्रस्तावित  परिवर्तनहरू नेटोको रक्षा योजनालाई  अझ  व्यावहारिक बनाउने उद्देश्यले गरिएको बताए ।

यस पहलको नेतृत्व एलब्रिज कोल्बी, अमेकिटा र युद्ध नीति मामिलाका उपसचिव द्वारा गरिएको छ । अमेरिकाको युरोपेली सहयोगी र क्यानडाले महादेशको परम्परागत रक्षाका लागि बढी जिम्मेवारी लिनुपर्ने उनीहरूको तर्क छ ।

IME Lifesidebar
kumari