stcnepal long ad
ime life insurance
national life
global ime bank long

भुटानमा राष्ट्रव्यापी लकडाउन घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

थिम्पु। हिमाली मुलुक भुटानले कोरोनाभाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएपछि लकडाउन गर्नु परेको सरकारले जनाएको छ ।

सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब ७ लाख ५० हजार जनसंख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरु बन्द गरिएका छन् ।

सरकारले लकडाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहने जनाएको छ । यस अवधिमा सबै संक्रमितको पहिचान गर्ने तथा सबै संक्रमितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइरस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ ।

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशंका छ ।

पर्यटनमा आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरोना पुष्टि भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाइएको छ । भुटानका सबै ११३ जना संक्रमित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको थियो । रासस/एपी

IME Lifesidebar
kumari