stcnepal long ad
global ime bank long

इरानमाथि २० गुणा शक्तिले आक्रमण गर्ने ट्रम्पको धम्की

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति इरानमाथि ठुलो आक्रमण गर्ने धम्की दिएका छन् । उनले यदि इरानले ‘होरमुज स्ट्रेट’ मा तेलको आपूर्ति रोक्ने प्रयास गरेमा अमेरिकाले २० गुणा बढी शक्तिले आक्रमण गर्ने बताएका हुन् । दुश्मन पूर्ण रूपमा समाप्त नभएसम्म यो युद्ध जारी रहने उनको भनाइ छ।

ट्रम्पले युद्ध सुरु भएदेखि अमेरिका र इजरायलले मिलेर इरानका ५,००० भन्दा बढी केन्द्रहरूमा आक्रमण गरिसकेको जानकारी दिए। उनका अनुसार केही अति महत्त्वपूर्ण स्थानहरूलाई अहिले जानीजानी निशाना बनाइएको छैन, ताकि आवश्यकता परेको खण्डमा पछि कारबाही गर्न सकियोस्।

फ्लोरिडाको डोरल सहरमा आयोजित पत्रकार सम्मेलनका क्रममा ट्रम्पले भने, ‘अमेरिका र इजरायलले यस युद्धमा ठुलो पकड जमाएका छन् र सम्भवतः यो लडाइँ छिट्टै समाप्त हुन सक्छ, तर हाललाई सैन्य अभियान जारी रहनेछ।’

यसैबीच, इरानसँग जारी युद्धका बीच ट्रम्पले अस्ट्रेलियालाई इरानी महिला फुटबल खेलाडीहरूलाई शरण दिन अपिल गरेका छन् । उनले यदि ती खेलाडीलाई इरान फिर्ता पठाइयो भने उनीहरूको ज्यान जोखिममा पर्न सक्ने र यो एक ठुलो मानवीय गल्ती हुने बताए ।

अस्ट्रेलियामा भइरहेको महिला एसियन कपका क्रममा गत फेब्रुअरी २८ मा इरानमाथि हमला भएपछि महिला टोलीले राष्ट्रगान गाएका थिएनन्, जसलाई सरकार विरुद्धको विरोधको रूपमा हेरिएको थियो। त्यसपछि इरानी सञ्चारमाध्यममा खेलाडीहरूलाई ‘देशद्रोही’ भन्दै उनीहरूविरुद्ध कारबाहीको माग गरिएको थियो।

ट्रम्पले ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै भनेका छन्, ‘यदि यी खेलाडीहरूलाई इरान पठाइयो भने उनीहरूले गम्भीर सजाय भोग्नुपर्नेछ वा ज्यान समेत जान सक्छ।’ ट्रम्पले अगाडि भने, ‘यदि अस्ट्रेलिया खेलाडीहरूलाई शरण दिन तयार छैन भने अमेरिका उनीहरूलाई आश्रय दिन तयार छ।’

IME Lifesidebar
kumari