stcnepal long ad
global ime bank long

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बोतलमा भरेर बिक्री–वितरण गर्न रोक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बोतलमा भरेर बिक्री–वितरण गर्न रोक लगाएको छ। निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन धनुषा र महोत्तरीलाई पत्राचार गर्दै पेट्रोलियम पदार्थ बोतल र जेरिक्यानमा भरेर बिक्री–वितरण गर्ने कार्य रोक्न निर्देशन दिएको हो।

‘विभिन्न स्थानमा केही पसल तथा व्यक्तिले पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल आदि) बोतल तथा जेरिक्यानमा भरी बिक्री–वितरण गर्दै आएको जनगुनासो प्राप्त भएको छ’, निगमले भनेको छ, ‘अतिप्रज्ज्वलनशील पेट्रोलियम पदार्थ बोतल र जेरिक्यानमा बिक्रीवितरण गर्दा आगलागी तथा विस्फोटजस्ता दुर्घटनाको सम्भावना बढ्छ।’

त्यसैले दुवै एसोसिएसनलाई मातहतका बिक्रेता तथा पेट्रोल पम्पहरुलाई त्यसरी पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्न रोक लगाई आफ्ना सदस्यहरु तथा सर्वसाधारणलाई सचेत र नजिकै रहेको आधिकारिक बिक्रेता तथा पेट्रोल पम्पमा मात्र गएर इन्धन खरिद गर्न जानकारी दिन निगमले निर्देशन दिएको छ।
‘निगमको अनुगमनका क्रममा कैफियत भेटिएमा निगमको विनियमानुसार र नेपाल सरकारको प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’, पत्रमा भनिएको छ।

IME Lifesidebar
kumari