stcnepal long ad
national life

दलाई लामाको पुनर्जन्म नास्तिक सीसीपीको कुनै पनि काम होइन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

जुलाई २ मा परम पावन दलाई लामाले आफ्नो पुनर्जन्मको बारेमा एक बहुप्रतिक्षित घोषणा गर्नुभयो । त्यसमा उहाँले स्पष्टरुपमा भन्नुभयो म दलाई लामाको संस्था जारी रहने भनेर पुष्टि गर्दैछु म यस सद्धारा दोहोर्याउँछु कि गादेन फोड्राङ ट्रष्टलाई भविष्यको पुनः आफ्नो पुनर्जन्मलाई मान्यता दिने एक मात्र अधिकार छ ।

यस विषयमा हस्तक्षेप गर्ने त्यस्तो कुनै अधिकार अरु कसैलाई छैन ।“ यो घोषणा सेप्टेवर २०११ मा यस पुनर्जन्मको उनले दिएको कथनसँग मिल्दोजुल्दो छ ।

अपेक्षा गरिए अनुसार चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को नेतृत्वले आफ्न प्रवत्ताहरु र मिडिया आउटलेटहरु मार्फत द्दढतापूर्वक बाहिर आयो । यसले दलाई लामालाई आफ्नो पुनर्जन्मको बारेमा निर्णय गर्ने कुनै अधिकार नभएको बताएको छ ।

थप रुपमा, यसले पुनर्जन्मको लागि केन्द्रीय सरकारको स्वीकृति आवश्यक पर्ने घोषणा गरेको छ। आफ्नो अडानलाई औचित्य दिन, जुलाई २ मा चाइना डेलीले“पुनर्जन्म भएका व्यक्तिहरुद्धारा कहिल्यै निर्णय नगरिएको जीवित बुद्धहरुको पुनर्जन्म” शीर्षकको लेख प्रकाशित गरयो ।

चाइना तिब्बतोलोजी रिसर्च सेन्टरका डेपुटी जनरल र रिसर्च फेलो ली डेचेङले यो लेख लेखेका हुन ।लेखले पुनर्जन्ममाथि सीसीपीले अधिकार दाबी गर्ने आधारहरुलाई संक्षेपमा प्रस्तुत गर्ने प्रयास गर्दछ । लि ले दुई शिर्षकहरुमा आफ्नो तर्क प्रस्तुत गरे । पहिलो, “ दलाइ लामाको पुनर्जन्म कहिल्यै पुनर्जन्म भएका व्यक्तिहरुद्धारा निर्णय गरिएको छैन” र दोस्रो “ जीवित बुद्धको पुनर्जन्म कठोर ऐतिहासिक परम्परा र नियमहरु पालना गर्दछ ।

यो व्यक्तिगत निर्णयको अधिनमा छैन । ” दुबै कथनहरुमा, ध्यान दिनुपर्ने पहिलो कुरा “तिब्बत को सट्टा “सिजाङ” को प्रयोग हो । विश्वव्यापी नक्सा र सामूहिक स्मृति दुवैबाट “तिब्बत” नाम मेटाउन सीसीपीले गरेको स्पष्ट र जानाजानी प्रयास स्पष्ट छ । अर्को मुख्य बुँदा भनेको पुनर्जन्मको लागि व्यक्तिको निर्णय आवश्यक छैन भन्ने दाबी हो ।

तिब्बत र सिजाङ?
तिब्बत ७ औं र ८ औं शताब्दीतिर मध्य एशियामा एक महत्वपूर्ण शक्तिकमे रुपमा देखा परयो । यसको उदय यसको ३३ औं सम्राट,स्रोङत्सान गाम्पो र उनका उत्तराधिकारीहरुको शासनकालमा भएको थियो ।

उनीहरुले छिमेकी देशहरुमा आक्रमण गरे र कब्जा गरे, जसमा चिनियाँ राजधानी चाङआन हालको सियान पनि समावेश छ । त्यसबेलादेखि, तिब्बतलाई अरबहरुले तुब्बत, मंगोलियनहरुले तुबत, चीनको ताङ राजवंशले तुफान र तुबोद र भारतीयहरुले भोटे र तिब्बत भनेर चिन्छन ।

इटालियन अन्वेषक मार्को पोलोले तिब्बतलाई तेबत भनेर सम्बोधन गरे । यसलाई कहिल्यै सिजाङ भनेर सम्बोधन गरिएको थिएन । सिजाङ भनेको तिब्बतको लागि सीसीपीले अपनाएको उपनाम मात्र हो , जसले तिब्बतको उ–त्सनङ प्रान्तलाई मात्र जनाउँछ ।

ऐतिहासिक र राजनीतिक रुपमा, तिब्बत तीन प्रान्त उ–त्सनङ, आम्दो र खाम मिलेर बनेको छ । तिब्बतको सट्टा सिजाङ प्रयोग गरेर, सिसिपीले संसारलाई भ्रमित पार्ने प्रयास गरिरहेको छ । यसले तिब्बत छैन र त्यसैले तिब्बतको कुनै समस्या छैन भनेर विश्स्त पार्ने प्रयास गरिरहेको छ ।

पुनर्जन्म भनेको के हो?
दलाई लामाहरुको पुनर्जन्म को कुरा गर्दा, धेरै प्रमुख बौद्ध अवधारणाहरु बुझनु आवश्यक छ । पुनर्जन्मको वास्तविक अर्थ के हो भनेर पूर्ण रुपमा बुझन संसार, कर्मको नियम र तीन कायाहरुको उचित समझ महत्वपूर्ण छ ।

बौद्ध, हिन्दु र जैनहरुले बुझेका छन् कि कीरा, चरा रअन्य प्राणीहरु सहित सकै प्राणीहरु आफ्नो सकारात्मक र नकारात्मक कर्मको आधारमा निरन्तर पुनर्जन्म लिन्छन । यहाँ व्यक्ति होइन तर तिनीहरुको कर्मले तिनीहरुको पुनर्जन्मको निर्णय गर्छ ।

यो कर्मको बलद्धारा संचालित एक अनैच्छिक पुनर्जन्म हो पुनर्जन्म प्राप्त लामाहरु फरक हुन्छन । परम पावन १४औं दलाई लामाका अनुसार उनीहरुको पुनर्जन्म कर्म वा नकारात्मक भावनाहरुद्धारा प्रेरित हुँदैन । बरु, यो करुणा र अरुलाई मद्दत गर्ने प्रतिज्ञाद्धारा निर्धारित हुन्छ ।

“श्रेष्ठ बोधिसत्वहरु, जसले देख्ने मार्गप्राप्त गरेका छन, तिनीहरु आफ्नो कर्म र विनाशकारी भावनाहरुको बलबाट पुनर्जन्म लिँदैनन् तर संवेदनशील प्राणीहरुप्रतिको उनीहरुको करुणाको शक्ति र अरुको हितको लागि उनीहरुको प्रार्थनामा आधारित हुन्छन ।

तिनीहरु आफ्नो जन्म स्थान र समय साथै आफ्ना भावी आमाबाबु छनोट गर्न सक्षम हुन्छन । यस्तो पुनर्जन्म, जुन केवल अरुको हितको लागि हो करुणा र प्रार्थनाको बलबाट पुनर्जन्म हो ।”

पुनर्जन्ममा परमपिता १४ औं दलाई लामा बौद्ध धर्ममा तीन काया
उच्च लामाहरु बोधिसत्व प्राणीहरु हुन जसले आफ्नो कर्म शुद्ध पारेका छन् र ज्ञान प्राप्त गरेका छन । तिनीहरु धर्मकाय् सम्भोगकाय र निर्माणकाय तीन कायाको संसारमा प्रवेश गर्छा । यद्यपी केही लामाहरु, आफ्नो महायान प्रतिज्ञाद्धारा निर्देशित, चेतनशील प्राणीहरुको सेवा गरिरहनको लागि करुणाबाट पुनर्जन्म लिन रोज्छन ।

यो एक स्वेच्छिक पुनर्जन्म हो । त्यसैले, पुनर्जन्म लिने वा नलिने भन्ने निर्णय गने अधिकार प्रबुद्ध व्यक्तिमा निर्भर गर्दछ । त्यसकारण “जीवित बुद्धहरु कहिल्यै पुनर्जन्म भएका व्यक्तिहरुद्धारा निर्णय गरिँदैनन्” र “यो व्यक्तिगत निर्णयको अधीनमा छैन”भन्ने ली डेचेङको भनाइ पूर्णतया गलत छ । तिनीहरुले या त जानाजानी गलत प्रस्तुतीकरण वा सीसीपी शासनलाई खुसी पार्ने उद्देश्यले विषयको पूर्ण अज्ञानता प्रकट गर्छन ।

सुनौलो कलश के हो ?
चीनले १७९२ मा मान्चु सम्राट कियानलोङ (राजा १७३२– १७९५) द्धारा जारी गरिएको सुनौलो कलशको प्रयोगको आधारमा दलाई लामा छनौट गर्ने अधिकार दाबी गर्छ । हामीले ध्यान दिनुपर्छ कि १७९२ सम्ममा लगभग आठ दलाई लामाहरुको पुनर्जन्म भइसकेको थियो, जुन १३९१ मा पहिलोबाट सुरु भएको थियो ।

मान्चु छिङ राजवंश १६४४ मा मात्र सुरु भएको थियो । त्यस कारण, दलाई लामाहरुको पुनर्जन्म छनौट गर्ने परम्परागत प्रणाली मान्चु राजवंशभन्दा २५३ वर्ष र सुनौलो कलशभन्दा ४०० वर्ष अघिको हो । सुनौलो कलशको प्रयोगको सन्दर्भमा तिब्बतीहरुले मन्चुको सल्लाहलाई शिष्टाचारको रुपमा मात्र स्वीकार गरे ।

११ औं दलाई लामाको छनोट बाहेक, यो कहिल्यै प्रयोग गरिएन । “माथि उल्लेख गरिएका सबै दलाई लामाहरुलाई केन्द्रीय सरकारले औपचारिक रुपमा अनुमोदन गरेको थियो,” ली डेचेङको भनाइ गलत छ । यस बाहेक मन्चु राजवंश एक विदेशी थियो र चिनियाँ राजवंश थिएन ।

मन्चुको सुनौलो कलशको आधारमा दलाई लामा चयन गर्ने अधिकार दाबी गर्नु सीसीपी शासनको तर्फबाट ऐतिहासिक गलत कुरा हो । सुनौलो कलशको कुरा गर्दा, स्वतन्त्र संसारलाई १९९५ मा झुटा पञ्चेन लामालाई छनोट गर्न कसरी प्रयोग र हेरफेर गरिएको थियो भन्ने कुरा राम्ररी थाहा छ ।

दलाई लामाको पुनर्जन्मको साथ उही कुरा दोहोर्याउँदा चीनलाई लज्जित मात्र बनाउनेछ र तिब्बती जनता र अन्तराष्ट्रिय समुदायबाट अझ बढी अविश्वास कमाउने छ ।

चिनियाँ मिङ राजवंश
लीले दाबी गर्छन् कि मिङ सरकारले १५७९ मा तेस्रो दलाई लामा (१५४३–१५८८) लाई उपाधि र छाप प्रदान गर्न छिङघाईमा दुत पठाएको थियो । लीका अनुसार “ यसले पुनर्जन्म प्राप्त जीवित बुद्धको रुपमा उनको हैसियत र केन्द्रीय सरकारद्धारा पुनर्जन्म प्रणालीको वैधतालाई पुष्टि र मान्यता दियो । ” यो दाबी पूर्णतया गलत छ ।

तेस्रो दलाई लामा सोनम ग्यात्सो, लाई पहिले नै १५४८ मा, जब उनी पाँच वर्षका थिए, परम्परागत तिब्बती रितिरिवाज मार्फत मान्यता दिएसकेको थियो । १५७९ मा ३६ वर्षको उमेरमा, मंगोलियाबाट फर्कने क्रममा चिनियाँ मिंग राजदुतहरुले उनलाई सीमामा भेटे र धेरै उपहारहरु प्रदान गरे र सम्राटलाई चीन भ्रमणको निमन्त्रणा दिए ।

यद्यपी दलाई लामाले निमन्त्रणा अस्वीकार गरे । यसले देखाउँछ कि मिंग सम्राटको कुनै अधिकार छैन र दलाई लामालाई मिंग दरवारबाट औपचारिक मान्यता आवश्यकता छैन । त्यसभन्दा धेरै अघि मिङ सम्राट युङ्लो (शासन १४०३–२४) ले लामा सोङ्खापा (१३५७–१४१९) लाई धेरै पटक निम्तो दिएका थिए । लामा सोङ्खापाले अन्य दायित्वका कारण निम्तो अस्वीकार गरे ।

बरु, उनले आफ्ना शिष्य जमचेन शाक्य सेन्गेलाई ची पठाए, जहाँ उनलाई न्यानो स्वागत गरियो र सम्राटसँग उपाधि आदनप्रदान गरियो । उनले पेकिङमा हुआङ–सु (पहेँलो मन्दिर) को गुम्बा निर्माण गरे । यी ऐतिहासिक अभिलेखहरुले मिङ सम्राटले लामाहरुलाई सम्मान गर्थे तर तिब्बतमाथि उनको प्रत्यक्ष अधिकार थिएनभन्ने संकेत गर्छन ।

दलाई लामाले कहाँ पुनर्जन्म लिनुपर्छ ?
ली लेख्छन “ जीवित बुद्धको पुनर्जन्मले सामान्य अनुयायीहरुको भावनाको सम्मान गर्ने सिद्धान्त पालना गर्नुपर्छ ।” परम पावनले ठीक यही गर्नुभएको छ । आफ्नो बयानमा, उनले भने कि उनलाई तिब्बतबाट सन्देशहरु सहित विभिन्न क्षेत्रहरुबाट हार्दिक अनुरोधहरु प्राप्त भएका छन । “यी सबै अनुरोधहरु अनुसार, म दलाई लामाको संस्था जारी रहनेछ भन्ने कुरा पुष्टि गर्दैछु ।”

यस बाहेक ली भन्छन “ धेरैजसो तिब्बती बौद्ध धर्म मान्नेअरु चीनमा बस्छन, विशेष गरी ती क्षेत्रहरुमा जहाँ तिब्बती बौद्ध धर्मको अभ्यास गरिन्छ । त्यसकारण व्यवहारमा, पुनर्जन्म प्राप्त जीवित बुद्धहरुले आफ्ना अनुयायीहरु वा उनीहरुलाई पालनपोषण गर्ने भूमिलाई त्याग्दैनन् र तिब्बती बौद्ध धर्म परम्परागत रुपमा अभ्यास नगरिउका ठाउँहरुमा भन्दा चीन भित्र मात्र पुनर्जन्म लि सक्छन ।”

साँचो हो, धेरै राम्रो भनिएको छ, तर यहाँ सान्दर्भिक प्रश्र यो होः के सीसीपी शासनले पुनर्जन्म भएका लामाहरुलाई आफ्नो धार्मिक शिक्षा स्वतन्त्र रुपमा सञ्चालन गर्न अनुमति दिनेछरु यही कारणले गर्दा मात्र परमपवित्र दलाई लामाले आफ्नो पुनर्जन्म स्वतन्त्र देशमा जन्मने बताएका छन । अन्यथा, पुनर्जन्मको सम्पूर्ण उद्देश्य हराएको छ । त्यसकारण पुनर्जन्म लिने वा नलिने र कहाँ पुनर्जन्म लिने भन्ने निर्णय गर्नु व्यक्तिगत लामाको कर्तव्य हो ।

भारत बौद्ध धर्मको जन्मस्थल
यो एक निर्विवाद तथ्य हो कि भारत बौद्ध धर्मको जन्मस्थल हो, र तिब्बती बौद्ध धर्मको जरा भारतबाट आएको हो, विशेष गरी नालन्दा परम्परागतबाट । त्यसैले नास्तिक सीसीपी शासनको तर्फबाट भारतलाई तिब्बती बौद्ध धर्म परम्परागत रुपमा अभ्यास नगरिने भूमिको रुपमा संकेत गर्नु हास्यास्पद छ ।

लीको लेख एउटा कथनसँगै समाप्त हुन्छ, “जीवित बुद्धको पुनर्जन्मलाई राजनीतिकरण गर्ने कुनै पनि प्रयास अन्ततः व्यर्थ साबित हुनेछ ।” बौद्ध र अन्तराष्ट्रिय समुदायसँगै तिब्बतीहरुले सीसीपी शासनलाई भन्न चाहेको कुरा यही हो ।

भारतका लागि चिनियाँ राजदुत सु फेइहोङले एउटा वयान दिए जुन साहसी र विलापयोग्य दुवै छ । “दलाई लामाको पुनर्जन्म न त उहाँबाट सुरु भयो न त उहाँकै कारणले अन्त्य हुनेछ ।

पुनर्जन्म प्रणाली जारी रहने वा समाप्त गरिने निर्णय गर्ने उहाँसँग कुनै अधिकार छैन,” चिनियाँ अधिकारीले जोड दिए । बुद्धको भूमि भारतमा उहाँले यस्तो स्पष्ट रुपमा झुटो दाबी गर्नुले उच्चतम स्तरमा कूटनीतिक मर्यादाको पूर्ण अभावलाई प्रतिबिम्बित गर्दछ ।

अन्तराष्ट्रिय समुदायलाई अपील
सबैभन्दा माथि, अन्तराष्ट्रिय र धार्मिक समुदायले विशेष गरी स्वतन्त्र संसारका बौद्धहरुले, धर्म विरुद्धको सीसीपी शासनको निर्दय र ईश्वरनिन्दक कार्यको विरोध गर्नुपर्छ । २०२४ को धार्मिक ऐन नम्बर १९ अन्तर्गत, चिनियाँ कम्युनिष्ट पार्टीले सबै धर्मावलम्बीहरुलाई चिनियाँ विशेषताहरु सहितको समाजवादको सी जिनपिङको विचारधारा अपनाउन अनिवार्य बनाएको छ ।

भूमि र यसका जनतालाई पहिले नै वशमा पारिसकेपछि, शासनले अब तिनीहरुको आत्मालाई नियन्त्रण गर्न खोजिरहेको छ । यी निन्दनीय आक्रमणहरुमा अन्तराष्ट्रिय समुदायको मौनताले अधिनायकवादी राज्यलाई चीनको सिमानाभन्दा बाहिर आफ्नो पहुँच विस्तार गर्न मात्र प्रोत्साहित गर्ने छ ।

gold
kumari bank
kumari
nawakantipur long