stcnepal long ad
ime life insurance
national life
global ime bank long

युक्रेनसँगको युद्धविरामका लागि रुसको विभिन्न सर्त

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि सकारात्मक भएको तर केही सर्तहरु रहेको बताउनुभएको छ ।

अमेरिकासँगको वार्तामा युक्रेनले ३० दिने युद्धविरामको योजनामा सहमत जनाएको सन्दर्भमा रुसको जवाफ आएको हो ।

पुटिनले युद्धविरामको विचारसँग सहमत भएको तर यसबारे केही सर्तहरू राख्दै युद्धविरामको प्रकृतिको बारेमा प्रश्नहरू बाँकी रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

युद्धविरामले स्थायी शान्ति निम्त्याउनु पर्ने र युद्धको मूल कारणहरू दिगो रुपमा हटाउनु पर्ने पुटिनको भनाइ छ ।

विवादको मुख्य कारण युक्रेनले गएको वर्ष रूसको कुर्स्क क्षेत्रमा सैन्य आक्रमण शुरू गरेको र केही क्षेत्र कब्जा गरेको रुसको आरोप छ ।

अहिले यो क्षेत्रलाई पूर्णरुपमा रूसले नियन्त्रणमा लिएको र त्यहाँका युक्रेनी सेनाहरू अलपत्र परेका उहाँको दाबी छ ।

उहाँले यसबारे अमेरिकी सहकर्मीहरू र साझेदारहरूसँग वार्ता गर्न आवश्यक रहेकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छिटै सम्पर्क गर्ने बताउनुभयो ।

रुसको प्रतिक्रियापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम योजनाप्रति पुटिनको प्रतिक्रियालाई शङ्कास्पद रुपमा व्याख्या गर्दै रुसमाथि थप प्रतिबन्ध लगाउन अमेरिकालाई आह्वान गर्नुभएको छ ।

उहाँले रुसले युद्धविराम प्रस्ताव सीधै अस्वीकार गर्दैन तर व्यवहारमा अस्वीकृतिको तयारी गरिरहेको बताउनुभएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकाले प्रस्ताव गरेको युक्रेनसँगको ३० दिने युद्धविराम अस्वीकार गर्नुभएको थियो ।

उहाँले अस्थायी युद्धविरामले युक्रेनलाई पुनःसङ्गठित हुने मौका दिने भन्दै अस्वीकार गर्नुभएको हो । उहाँले पनि रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको बताउनुभएको छ ।

prabhu mahalaxmi
kumari