citizens life insurance long ad
stcnepal long ad

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमण, ६८ जनाको मृत्यु

Nimb long ad
Prabhu Insurance Long Ad

पश्चिमी सुडानको एल फाशरमा विद्रोही अर्धसैनिक समूहका र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको गोलाबारीमा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् ।

‘उत्तरी डार्फरको अल फाशरमा रहेको साउदी अस्पतालमा मिसाइल आक्रमणमा ६८ जना बिरामी मारिए र अन्य १९ जना घाइते भए’, सुडानी डाक्टर नेटवर्कले विज्ञप्तिमा जनाएको छ।

यसैबीच, स्थानीय गैरसरकारी समूहले साउदी अस्पतालमा आरएसएफको आक्रमणमा ६८ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको पुष्टि गरेको छ। आक्रमणको परिणामस्वरूप अस्पतालको आपतकालीन विभाग पूर्णरूपमा ध्वस्त भएको छ।

डार्फर क्षेत्रका गभर्नर मिन्नी अर्को मिन्नावीले आरएसएफ आक्रमणको निन्दा गरे। ‘लक्षित विभाग एल फाशरका बासिन्दाहरूलाई स्वास्थ्य सेवा प्रदान गर्ने एक मात्र विभाग थियो’, मिनावीले शनिबार सोशल मिडिया प्लेटफर्म एक्समा बताए।

अन्तर्राष्ट्रिय संगठनका अनुसार, सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र सेना र आरएसएफ बीचको विनाशकारी द्वन्द्वको चपेटामा छ, जसका कारण १५ लाख भन्दा बढी मानिस विस्थापित भएको छ।

IME Life
kumari