citizens life insurance long ad
stcnepal long ad

अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ४७ औं राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । नेपाली समय अनुसार गएराति पौने ११ बजे अमेरिकी संसद्को क्यापिटल हिलमा ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिनुभएको हो ।

उहाँनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले शपथ खुवाउनुभएको बीबीसीले जनाएको छ ।

राष्ट्रपतिको रुपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय चुनावमा उम्मेदवार  बनेका ट्रम्प  डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै विजयी हुनुभएको थियो ।

यसअघि उहाँ सन् २०१६ को नोभेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएर २०२० सम्म चार वर्ष ह्वाइटहाउमा रहनुभएको थियो । उहाँ २०२० मा वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा हुनुभएको थियो ।

यसैबीच अमेरिकाको उपराष्ट्रपतिमा जेडी भान्सले शपथ लिनुभएको छ । शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति जो बाइडेन, पूर्वराष्ट्रपतिहरू, उपराष्ट्रपतिहरू, मनोनीत गरिएका मन्त्रीहरू तथा उच्चपदस्थ अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।

सपथ ग्रहण कार्यक्रमको उद्घाटन सम्बोधनमा ट्रम्पले अमेरिकाको स्वर्ण युग अहिले शुरू भएको भन्दै अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताउनुभयो ।

यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय भएको ट्रम्पको भनाइ छ । उहाँले नागरिकलाई एकताबद्ध भएर काम गर्न आह्वानसमेत गर्नुभएको छ ।

यसैबीच ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरिरहनुभएको छ । वाशिङ्गटन डीसीको एक स्टेडियममा हजारौँ समर्थकहरू माझमा आफ्नो दोस्रो राष्ट्रपति कार्यकालको पहिलो आदेशमा हस्ताक्षर गर्ने उहाँको तयारी रहेको बीबीसीले जनाएको छ ।

ट्रम्पले विशेषगरेर अमेरिका–मेक्सिको सीमामा ‘राष्ट्रिय आपतकाल’ घोषणा गर्ने, ड्रग कार्टेललाई आतङ्कवादी घोषणा गर्ने र सरकारी विविधता कार्यक्रमहरू खारेज गर्ने कामलाई प्राथमिकता दिनुभएको खबरमा उल्लेख छ ।

IME Life
kumari