श्रीजनशील लघुवित्तको वार्षिक साधारण सभा माघ २७ गते
यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।

काठमाडौं । श्रीजनशील लघुवित्तको माघ २७ गते वार्षिक साधारण सभा बस्ने भएको छ । यस कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसर्थ, यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र कम्पनीको साधारण सभामा भाग लिन पाउनेछन् ।
साधारण सभा, होटल पावन मिथिला थाली प्रा.लि., गोलबजार ६ मा बिहान ९ बजे सुरु हुनेछ ।