stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अब ‘रिटायर्ड’ गोरखा सैनिकले पनि जम्मू कश्मीरमा घर बनाउन पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अब ‘रिटायर्ड’ गोरखा सैनिकले पनि जम्मू कश्मीरमा घर बनाउन पाउने भएका छन् । पछिल्लो एक हप्तादेखि जम्मू कश्मीर प्रशासनले मूल निवासी प्रमाण पत्र (डोमिसाइल सर्टिफिकेट) दिन शुरू गरेको छ । जस अनुरुप ‘रिटायर्ड’ गोरखा सैनिकले जम्मू कश्मीरमा घर बनाउन पाउने छन् ।

पछिल्लो एक हप्तादेखि वितरण गरेको मूल निवासी प्रमाण पत्र हालसम्म करिब ६६००  (६ हजार ६ सय ) जनाले पाइसकेका छन्। जसमध्ये सबै भन्दा धेरै गोरखा समुदायका अधिकारीहरू रहेको भारतीय अधिकारीले बताएका छन् ।

जम्मूका अतिरिक्त आयुक्त विजय कुमार शर्माले भने ‘हालसम्म जम्मूमा ५९०० भन्दा बढी प्रमाणपत्र जारी गरिएको छ र काश्मिरमा करीव ७०० प्रमाणपत्र जारी गरिएको छ। ती मध्ये धेरै गोर्खा सैनिक र अधिकारी रहेका छन् ।’

जम्मूको बाहु तहसीलका तहसीलदार डा. रोहित शर्माले भने, ‘अहिलेसम्म मेरो तहसीलमा गोर्खा समुदायका २५०० व्यक्तिले भारतीय सेनामा सेवा गरेका छन् र उनीहरूका परिवारलाई यो प्रमाणपत्र जारी गरिएको छ।

करीव २५०० मानिसहरूले आवेदन दिए। ती मध्ये केही वाल्मीकि समुदायबाट आएका हुन्।’ यहाँ अधिवासको मूल निवासी प्रमाण पत्र प्राप्त गरिसकेपछि, यहाँ जग्गा किन्न सक्छन् र युनियन क्षेत्रको रोजगारका लागि आवेदन दिन समेत सक्षम हुनेछन् ।

prabhu mahalaxmi
kumari