citizens life insurance long ad

युक्रेनको संसद् द्वारा अन्तर्राष्ट्रिय फौजदारी अदालतमा सामेल हुने पक्षमा मतदान

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

युक्रेनको संसद्ले बुधबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा सामेल हुने पक्षमा मतदान गरेको छ । किएभले रुसलाई आफ्नो आक्रमणका क्रममा गरेको युद्ध अपराधमा न्यायको दायरामा ल्याउन खोजेको जनाएको छ ।

आइसिसीले नरसंहार र मानवता विरुद्धको अपराधजस्ता गम्भीर अपराधहरूमा मुद्दा चलाउँछ । आइसिसीसँग पक्राउ वारेन्ट जारी गर्ने शक्ति रहेको छ र यसलाई कार्यान्वयन गर्न उसका एक सय २४ सदस्य बाध्य छन् ।

युक्रेनले सन् २००० मा अदालतको स्थापना गर्ने रोम विधानमा हस्ताक्षर गरेको थियो तर केही राजनीतिक र सैन्य हस्तीहरूले युक्रेनी सैनिकहरूले अभियोजनको सामना गर्नुपर्ने हुनसक्ने आशङ्का व्यक्त गरेपछि यसलाई अनुमोदन गरेको थिएन ।

IME Lifesidebar
kumari