citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

रुसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमण

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

मस्को । रुसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले शनिबार बताएका छन् ।

युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रुसको कुर्स्क क्षेत्रको सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो ।

कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा भनेका छन्, ‘उक्त आक्रमणमा दुई साना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो । परिवारका अन्य दुई सदस्यको अवस्था गम्भीर रहेको छ ।’

सन् २०२२ फेब्रुअरीमा शुरू भएको द्वन्द्वमा दुवै पक्षले सयौं किलोमिटरसम्मको दायरासहित ठूला विस्फोटक शिल्पसहितका ड्रोन प्रयोग गरेका छन् । युक्रेनले यस वर्ष रुसी भूभागमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।

himalayan life insurance
igi long