चीनको अर्थ मन्त्रालयद्वारा हङकङमा १६ अर्ब युआनको ट्रेजरी बण्ड जारी
बेइजिङ । चीनको अर्थ मन्त्रालयले हङकङ विशेष प्रशासनिक क्षेत्रमा कुल १६ अर्ब युआन (२ अर्ब २३ करोड अमेरिकी डलर) बराबरको युआन ट्रेजरी बन्ड जारी गरेको छ ।
दुई वर्षे ऋणपत्रमा ४ अर्ब युआन, तीन वर्षे ऋणपत्र ५ अर्ब युआन, ५ वर्षे ऋणपत्र ४ अर्ब र १० वर्षे ऋणपत्र ३ अर्ब युआन समावेश रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
ऋणपत्रको सम्बन्धित ब्याजदर २।६५ प्रतिशत, २।७५ प्रतिशत, २.८५ प्रतिशत र २।९५ प्रतिशत रहेको छ ।
सर्कुलसनमा रहेको कुल बोलपत्रको २ दशमलव ४४ गुणा बढी बोलपत्र लिएर लगानीकर्ताले यो निष्कासनलाई राम्रोसँग प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
























