stcnepal long ad
global ime bank long

सर्‍यो एमालेको चियापान, कात्तिक १५ गते हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका कारण प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले पूर्वनिर्धारित चियापान सारेको छ।

यसअघि कात्तिक १४ गते चियापान गर्ने भनिएकामा भोलिपल्ट अर्थात् कात्तिक १५ गते गर्ने एमालेले जानकारी दिएको छ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दसैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा यही कात्तिक १४ गतेका लागि तय गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १५ गते गरिने भएको छ,’ एमालेले जारी गरेको सूचनामा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ गते आयोजना गर्ने निर्णय भएको छ।’

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो ठीक १२ः१५ बजेबाट सुरू हुने बताइएको छ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू, राजदूत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीहरू लगायतलाई आमन्त्रण गरिएको एमालेले जानकारी दिएको छ।

दसैं, तिहार, नेपाल संवत्, छठ, इद, ल्होसार आदि पर्वका अवसरमा राजनीतिक दलहरूले बर्सेनि चियापान आयोजना गरेर शुभकामना साटासाट गर्छन्। सत्तारूढ दल नेपाली कांग्रेसले भोलि (कात्तिक ११ गते) कोजाग्रत पूर्णिमाको दिन चियापन राखेको छ।

IME Lifesidebar
kumari