macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सन् २०३० सम्ममा विद्युतीय कार १० गुणा बढ्ने अनुमान

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

न्यूयोर्क । सन् २०३० सम्म पुग्दा संसार निकै फेरिसक्नेछ । अहिले विश्वभरका सडकमा जति विद्युतीय कार गुडिरहेका छन् सन् २०३० मा सोको १० गुणा पुग्नेछ ।

अन्तरराष्ट्रिय ऊर्जा निकाय ९आईईए०ले मंगलबार यस्तो बताएको हो । आईईएले सार्वजनिक गरेको ‘वल्र्ड इनर्जी आउटलुक २०२३’का अनुसार सो अवधिसम्ममा विश्वमा उपलब्ध हुने कूल विद्युतमा नवीकरणीय बिजुलीको अनुपात ५० प्रतिशत पुग्नेछ । यो अनुपात अहिले ३० प्रतिशत छ ।

‘विश्वभर नै स्वच्छ ऊर्जामा व्यापक परिवर्तन भइरहेको छ र यो परिवर्तन रोकेर रोकिन्न । प्रश्न यो हुन्छ कि हुन्न भन्ने नै होइन । कति छिटो भन्ने मात्रै हो ।

यो परिवर्तन जति छिटै हुन्छ त्यति नै हामी सबैका लागि उत्तम हो,’ आईईएका कार्यकारी निर्देशक फाती बिरोलले भने ।

नयाँ अफशोर वायु ऊर्जा परियोजनामा लगानी पनि सन् २०३० सम्ममा तीन गुणाले बढ्ने बताइएको छ । समयमै देशहरुले राष्ट्रिय ऊर्जा र जलवायु सम्बन्धी वाचा पूरा गरे भने स्वच्छ ऊर्जाले सोचेभन्दा राम्रो प्रगति गर्ने प्रतिवेदनमा आईईएले भनेको छ ।

तर तर विश्वको तपामान वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित बनाउने लक्ष्य हासिल गर्न भने थप कठोर उपायहरु अपनाउनु पर्ने बताइएको छ ।

८ कात्तिक २०८०, बुधवार ०७:४५ बजे प्रकाशित

NTA long ad