citizens life insurance long ad
stcnepal long ad

संयुक्त राष्ट्र संघको महासभामा युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भावुक सम्बोधन

Nimb long ad
Prabhu Insurance Long Ad

युक्रेनका राष्ट्रपति भोलोदिमिर  जेलेन्स्कीले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुभएको छ । भावुक सम्बोधनका क्रममा उहाँले युक्रेनलाई रुसी आक्रमणबाट मुक्त गर्न विश्व समुदायलाई अपिल समेत गर्नुभएको छ ।

जेलेन्स्कीले रुसविरुद्धको युद्धमा थप समर्थन र साथ खोज्दै रुसले विश्वलाई नै युद्धमा धकेल्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले रूसले खानादेखि ऊर्जासम्म सबै हतियार बनाएको आरोप समेत लगाउनुभयो । जलवायु परिवर्तन जस्ता साझा चुनौतीलाई समेत रुसले बेवास्ता गरेको भन्दै उहाँले रुसलाई आणविक हतियार राख्ने अधिकारसमेत नभएको दाबी गर्नुभयो ।

रुसका आणविक हतियार नियन्त्रण गरी रुसी राष्ट्रपतिलगायतलाई युद्ध अपराधीको रुपमा दण्डित गर्न पनि विश्व समुदायलाई उहाँले आग्रह गरेको बीबीसीले जनाएको छ ।

आफ्नो ट्रेडमार्क सैन्य पोशाक लगाएका जेलेन्स्की रुसले युक्रेनमा आक्रमण थालेपछि पहिलो पटक संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुनुभएको हो ।

यसैबीच संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणलाई लिएर चर्को आलोचना भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभालाई सम्बोधनमा गर्दै रुसलाई रिझाउने प्रयास नगर्न नेताहरुलाई आग्रह गर्नुभएको छ । बाइडेनले रूसको आक्रमणविरुद्ध ऐक्यबद्धता जनाउन सदस्य राष्ट्रलाई आग्रह गर्दा जेलेन्स्कीले त्यसतर्फ निकै चासो राखेको देखिन्थ्यो ।

बाइडेनले युक्रेन युद्ध र यसले निम्त्याउन सक्ने विश्व सुरक्षाबारे जोड दिएर कसैले पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रको मूल सिद्धान्त त्याग्न नहुने बताउनुभयो ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आग्रह गर्नुभएको छ ।

युक्रेनमाथि रूसको आक्रमणलाई लिएर रूसतर्फ नरम भएको आरोप खेपिरहेका लुलाले वार्ता नै विकल्प रहेकोमा जोड दिनुभयो ।

IME Life
kumari