सूचना प्रविधि कार्य योजना असारभित्र पेश गर्न बिमा समितिको निर्देशन

आर्थिक सञ्जाल
काठमाडौं । बिमा कम्पनीहरुले अब सूचना प्रविधि सम्बन्धी कार्य योजना बनाउनु पर्ने भएको छ । बिमा समितिले असार मसान्तभित्र उक्त कार्य योजना पेश गर्ने निर्देशन दिएको छ ।
समितिले ‘बिमकको सूचनाप्रविधि मार्गदर्शन, २०७६’ अन्तर्गत रहेर असार मसान्तभित्र कार्य योजना पेश गर्ने निर्देशन दिएको हो ।
समितिको निर्देशन अनुसार अब बिमा कम्पनीहरुले बिमकको डाटा सेन्टर स्थापना कार्य योजना, रियल टाइम सफ्टवयेर जडान सम्बन्धी कार्य योजना र साइबर सुरक्षा सम्बन्धी विस्तृत कार्य योजना तयार गरी पेश गर्नुपर्नेछ । यसले बिमकको सूचना प्रविधि प्रणालीलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने बिमा समितिले जनाएको छ ।