कर्णाली डेभलपमेन्ट बैंक नोक्सानमा

आर्थिक सञ्जाल
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३८ लाख ४९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष बैंकले ६६ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी पनि ५.१४% ले घटेर ४ करोड ३३ लाख १९ हजार रुपैयाँमा खुम्चिएको छ । गत वर्ष यस बैंकले ४ करोड ५६ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियोे ।
चैत मसान्तसम्म बैंकको सञ्चालन घाटा ३८ लाख ४९ हजार रुपैयाँ रहेको छ । गत वर्ष बैंकले ९५ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो । ३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको कर्णालीले २ अर्ब ५४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चुक्ता पुँजी ५० करोड २८ लाख रुपैयाँ रहेको यसको रिजर्भ कोषमा २ करोड २३ लाख ४२ हजार रुपैयाँ छ । बैंकले खराब कर्जा भने घटाएर ०.५२% मा झारेको छ । गत वर्ष खराब कर्जा १.५७% रहेको थियो । कर्णालीको प्रतिसेयर आम्दानी ७७ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ०६ पैसा रहेको छ ।