citizens life insurance long ad
stcnepal long ad

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज असार २५ गते कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।

इन्स्योरेन्सले असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो।सीडीएसका अनुसार आइपीओमा असार २४ गते साँझ ५ः०५ बजेसम्ममा ९ लाख ४० हजार ८१२ जनाले १ करोड १७ लाख ६९ हजार ५० कित्ताका लागि आवेदन दिइसकेका छन्। यो मागभन्दा १.२२ गुणा बढी आवेदन हो।

यस इन्स्योरेन्स कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०५ ले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो।

यसले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको छ।

यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन भइसकेको छ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अथवा ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ।

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

IME Life
kumari