citizens life insurance long ad
stcnepal long ad

सानिमा जीआइसी इन्स्योरेन्सको अधिकांश सूचकांक उल्लेख्य वृद्धि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। मर्जरपछि बनेको नयाँ कम्पनी सानिमा जीआइसी इन्स्योरेन्सको तेस्रो त्रैमासमा अधिकांश सूचकांकमा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले जारी गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा जगेडा कोष ३० करोड ७७ लाख रुपैयाँ जम्मा भएको छ।

गत वर्ष १३ करोड रुपैयाँ जम्मा थियो। गत वर्षको तुलनामा जगेडा कोषको आकार १३१ प्रतिशतले बढेको छ। बीमा कोषमा ३९ करोड रुपैयाँ सञ्चित छ। गत वर्ष उक्त कोषमा १४ करोड ५२ लाख रुपैयाँ थियो।

चालु आवको चैतसम्म कम्पनीको नाफा दोब्बरले वृद्धि भएको छ। समीक्षा अवधिमा कम्पनीले २१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। गत वर्षको १० करोड ५० लाख नाफा कमाएको थियो।

बीमाशुल्क आर्जन दोब्बर ४७ करोड ६८ लाख रुपैयाँ छ। गत वर्ष २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन थियो। खुद दाबी भुक्तानी १८ करोड रुपैयाँ छ।

गत वर्ष कम्पनीले ६ करोड रुपैयाँको मात्र दाबी भुक्तानी गरेको थियो। अझै कम्पनीले कुल एक अर्बभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी छ।

अभिकर्ता कमिसनमा २ करोड रुपैयाँ खर्च गरेको कम्पनीको २ करोडभन्दा बढी खर्च व्यवस्थापनमा छ। चैतसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.२२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३६.७२ डलर कायम छ।

IME Life
kumari