stcnepal long ad
global ime bank long

एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको ८.५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५६९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।

तसर्थ, आइतबार यही मूल्यलाई आधार मानेर यसको पहिलो कारोबार खुल्नेछ । एसियन लाइफको बिहीबारको अन्तिम कारोबार मूल्य ६१८ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।

यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.४४७ प्रतिशत नगद गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न वैशाख १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।

IME Lifesidebar
kumari