citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वैशाख ६ गते प्राइम लाइफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारित गर्न बोलायो विशेष साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले वैशाख ६ गते विशेष साधारण सभा बोलाएको छ । साधारण सभा, अग्रवाल सेवा केन्द्र, कमलपोखरी काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । कम्पनीले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारितकै लागि सभा बोलाएको हो ।

सभामा गुँरास लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्ससँग मर्ज हुने प्रस्ताव पेश हुनेछ । मर्जर पश्चात् हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार गर्ने एजेन्डा पनि छ ।

साधारण सभाले ३ कम्पनी एक आपसमा मर्ज भएपश्चात अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी बढ्ने हुँदा त्यसको लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभा प्रयोजनको लागि युनियनले चैत २८ गते बुक क्लोज गर्दैछ ।

himalayan life insurance
igi long