stcnepal long ad
himalayan Everest Insurance long ad
Himalayan bank

हिमालयन एभरेष्ट इन्स्योरेन्सको  चैत २९ गते वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामार्फत संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ । बोनस सेयर वितरणपछि पुँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।

यता, साविकका हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनलगायत अनुसूचीहरु पारित गर्ने एजेन्डा पनि रहेको छ ।

यी दुई इन्स्योरेन्सहरु एकआपसमा मर्ज भएर गत साउन १ गतेबाट ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ को नाममा एकीकृत कारोबार सुरु भएको थियो ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा वानेश्वर बैंक्वेट, थापागाउँ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि चैत ३ गते बुक क्लोज हुने भएकाले चैत २ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

himalayan life insurance
igi long