citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आज फागुन १२ गते सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा बस्दै

जितेसकुमार मण्डल

kumari bank
Prabhu Insurance Long Ad
global bank

मर्जर प्रस्ताव पारित गर्न सानिमा र रिलायन्स लाइफको एजीएम आज बस्दै
काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सभा आज फागुन १२ गते शुक्रबार बस्दैछ । सानिमा लाइफ इन्स्योरेन्सको साधारण सभा कुण्डलीनी दरबार बैंक्वेट धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । त्यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स साधारण सभा लिसारा रिसेप्सन्स नक्सालमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

यी दुवै कम्पनीहरुको आर्थिक वर्ष २०७७/७८ को वार्षिक साधारण सभा गर्न लागेका हुन् । दुवै कम्पनीले सभामार्फत एक–आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने भएका छन् ।

सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको १ः१ सेयर स्वाप रेसियो हुने गरी मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

यस्तै, एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्र, अन्तिम सम्झौतापत्र तथा अन्य सम्झौताहरु अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ । मर्जर पनि बन्ने कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेड’ रहने गरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

यी दुवै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका कारण साधारण सभामा लाभांश सम्बन्धी प्रस्ताव भने रहेको छैन ।

दुवै कम्पनीले हाल ७०ः३० अनुपातमा रहेको संस्थापक र सर्वसाधारण समूहको सेयर संरचनालाई परिवर्तन गरी ५१ः४९ अनुपात कायम गर्ने प्रस्ताव पनि साधारण सभामा पेश गर्नेछन् ।

साधारण सभा प्रयोजनका लागि दुवै कम्पनीले माघ २९ गते बुक क्लोज गरिसकेका छन् । तसर्थ, माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

gold
himalayan life insurance long ad