citizens life insurance long ad
stcnepal long ad

राष्ट्रपति उम्मेदवारः आज शीर्ष नेताहरुबीच निर्णायक वार्ता हुँदै

सहमतिको खोजीमा दलहरुबीच दुईपक्षीय एवं बहुपक्षीय छलफलको तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रपति पदको साझा उम्मेदवारमा सहमति जुटाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आज निर्णायक वार्ता हुँदैछ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्दै हुनुहुन्छ ।

राष्ट्रपतिको विषयमा दलहरुबीच सघन छलफल भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले आज अध्यक्ष ओलीसँग वार्ता गर्ने तयारी गर्नुभएको हो ।

हिजो साँझ सिंहदरबारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठकबाट बाहिरिने क्रममा उहाँले अध्यक्ष ओलीसँग भेटवार्ता हुनेबारे जानकारी दिनुभएको हो ।

आजै नेपाली कांग्रेससँग पनि वार्ताको तयारी गरिएको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठले आज बिहान कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बस्ने तयारी गरिएको जानकारी दिनुभयो ।

हिजो माओवादी, एकीकृत समाजवादी र जसपाको संयुक्त बैठक बसेको थियो । सोही बैठकले आज कांग्रेससँग पनि वार्ता गर्ने सहमति गरेको थियो ।

हिजो साँझ तीन दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जसपाका नेता राजेन्द्र श्रेष्ठले कांग्रेससँगको छलफलपछि नयाँ गठबन्धन बन्ने वा नबन्ने विषय निर्धारण हुने बताउनुभएको थियो ।

निर्वाचन आयोगले भोलि राष्ट्रपतिको मनोनयन दर्ता र फागुन २५ मा राष्ट्रपतिको निर्वाचन तालिका तय गरेको छ ।

राष्ट्रपतिको मनोनयन दर्ताको अघिल्लो दिन आज निर्णायक संवादमा प्रमुख दलहरु जुट्न थालेका हुन् ।

राष्ट्रपतिको निर्वाचनमा निर्णायक मत रहेको नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमति खोजिरहेको छ भने अन्य दलहरूले आआफ्नो पार्टीको दाबी रहेको बताउँदै आएका छन् ।

IME Life
kumari