stcnepal long ad
ime life insurance
national life
global ime bank long

सरकारले अब तीन महिनाका लागि पनि श्रम स्वीकृति दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । दुई वर्षको मात्रै श्रम स्वीकृति दिइरहेको सरकारले अब तीन महिनाका लागि पनि श्रम स्वीकृति दिने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदार व्यवस्थापन निर्देशिका बनाएसँगै यो व्यवस्था लागू हुने भएको हो ।

वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका कामका लागि श्रमिक पठाउँदा रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका जारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०६४ को नियम ५२ क को उपनियम (१) को अधिकार प्रयोग गरी निर्देशिका बनाएको हो।

ऐनको दफा ३ र ६ अनुकूल हुने गरी सरकारले द्विपक्षीय श्रम सम्बन्ध स्थापना गर्न सक्ने जनाइएको छ। नेपाली नागरिकले मौसमी रोजगारीको लागि वैदेशिक रोजगार प्राप्त गर्न सक्ने देखिएमा मन्त्रालयले सम्बन्धित मुलुकको सरकारसँग छलफल गर्ने निर्देशिकामा उल्लेख छ।

ऐनको दफा ३ बमोजिम श्रम सम्बन्ध स्थापना भएपछि मौसमी रोजगारका अवसर दिनका लागि रोजगारदाता संस्था वा सम्बन्धित मुलुकको प्रचलित कानुनबमोजिम रोजगारदाताले सहजीकरण गर्नेछन्। स्थानीय निकाय वा संस्थाले मागपत्र प्रमाणीकरण गर्न पाउनेछन्। विवरण खुलाई अनलाइन माध्यमबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।

रोजगारदाताको पूर्ण विवरण (कम्पनीको हकमा सम्बन्धित मुलुकको कानुन अनुसार कम्पनी दर्ता भएको प्रमाणपत्र र कर चुक्ताको प्रमाणपत्र), रोजगारीको किसिम र संख्या, आवास, खाना, स्वास्थ्य बिमा र कामदारको सुरक्षा, न्यूनतम सेवा र सुविधाको प्रमाण पत्र पेस गर्नुपर्नेछ ।

सम्बन्धित मुलुकको प्रवेशाज्ञा लिँदा लाग्ने शुल्क तथा कामदार पठाउँदा लाग्ने अन्य शुल्क रोजगारदाताले व्यहोर्ने सुनिश्चितता गरिएको छ।

सम्बन्धित मुलुकमा कामदारका लागि सुरक्षित कार्यस्थलको सुरक्षण भएको प्रत्याभूति पत्र नेपालबाट कामदार छनोट गरी सम्बन्धित मुलुकमा नपुग्दासम्म छनोट भएको कामदारले कुनै शुल्क बुझाउनु नपर्ने भएको छ।

मौसमी रोजगारको अवधि समाप्त भएपछि रोजगारदाताको खर्चमा स्वदेश फर्काउने प्रत्याभूति हुनुपर्ने व्यवस्था गरिएको छ। उपदफा (१) बमोजिम प्राप्त रोजगारीको माग प्राप्त भएपछि सम्बन्धित नेपाली कूटनीतिक नियोगले माग पत्रको जाँचबुझ गरी वैदेशिक रोजगार सूचना प्रणाली प्रणालीमा रहेको मौसमी रोजगारसँग सम्बन्धित छुट्टै इकाई मा प्रविष्ट गर्नु पर्नेछ।

उपदफा ९१० बमोजिम मागपत्र पठाउँदा नेपालको कुनै खास स्थानीय तहमार्फत उम्मेदवार छनोट गर्ने गरी मागपत्र पठाउन सक्नेछन्। उपदफा (२) बमोजिम प्रणालीमा मागपत्र प्रविष्ट भएको सात दिनभित्र विभागले मौसमी रोजगारीका लागि जान चाहने व्यक्तिको छनोट गरी पठाउन स्थानीय तहलाई जानकारी गराउनु पर्नेछ। सोको विवरण विभागको वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ।

रोजगार सम्झौता प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा कामदारको हस्ताक्षर गराई सो सम्झौताको एक प्रति सम्बन्धित कामदारलाई दिई एक प्रति विभाग मार्फत सम्बन्धित रोजगारदातालाई उपलब्ध गराउनु पर्नेछ। बाँकी एक प्रति अभिलेखका लागि राखी प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।

स्थानीय तहले मौसमी रोजगारीको लागि वैदेशिक रोजगारमा जान चाहने व्यक्तिसँग आवेदन माग गरी सार्वजनिक सूचना प्रकाशन गर्नुपर्छ। आवेदन दिने व्यक्तिमध्येबाट स्थानीय तहले जातीय, लैङ्गिक र उमेरगत विविधता कायम हुने उम्मेदवार छनोट गर्नेछ।

माग गरिएको संख्यामा मुख्य सूचीको १० प्रतिशत संख्यामा वैकल्पिक सूची तयार गरी विभागमा पठाउनु पर्नेछ। उपदफा (२) बमोजिमको सूची विभागले सार्वजनिक जानकारीका लागि वेबसाइटमार्फत प्रकाशन गर्नु पर्नेछ।

उपदफा (३) बमोजिम प्रकाशित सूचीका उम्मेदवारलाई विभागले मौसमी कामदारको रूपमा पठाउने छ।

यसरी कामदार पठाउँदा उपदफा (२) बमोजिमको मुख्य सूचीमा रहेका कुनै व्यक्ति कुनै कारणले मौसमी रोजगारीका लागि वैदेशिक रोजगारमा जान नचाहेमा वैकल्पिक योग्यता सूचीमा रहेका व्यक्तिमध्येबाट क्रमशः छनोट गरी पठाउनु पर्ने निर्देशिकामा उल्लेख छ।

उम्मेदवारको सूची विभागले मन्त्रालयमार्फत सम्बन्धित मुलुकको नेपालमा अवस्थित वा नेपाल हेर्ने कूटनीतिक नियोगमा पठाउनु पर्नेछ। कामदार छनोटसम्बन्धी अन्य कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरेबमोजिम हुनेछ। छनोट भएका कामदारसँग रोजगार सम्झौता गर्नुपर्छ।

सम्झौता गर्दा रोजगारदाताले तीन प्रतिमा हस्ताक्षर गरी विभागमार्फत सम्बन्धित कामदारको हस्ताक्षरका लागि पठाउनुपर्छ। यसरी प्राप्त भएको रोजगार सम्झौताको प्रतिमा सम्बन्धित कामदारको हस्ताक्षरको लागि विभागले दफा ५ बमोजिम कामदार छनोट गर्ने सम्बन्धित स्थानीय तहमा पठाउनु पर्नेछ।

रोजगार सम्झौता प्राप्त भएपछि सम्बन्धित स्थानीय तहमा कामदारको हस्ताक्षर गराई सो सम्झौताको एक प्रति सम्बन्धित कामदारलाई दिई एक प्रति विभाग मार्फत सम्बन्धित रोजगारदातालाई उपलब्ध गराउनु पर्नेछ। बाँकी एक प्रति अभिलेखका लागि राखी प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।

यस दफाबमोजिमको रोजगार सम्झौता समाप्त भएपछि त्यस्तो कामदारले पुनः रोजगार प्राप्त गर्ने भएमा सम्बन्धित नेपाली कूटनीतिक नियोग मार्फत विभागमा जानकारी गराउनुपर्छ।

रोजगार सम्झौता सम्पन्न भएका उम्मेदवारको प्रवेशाज्ञाको लागि विभागले सम्बन्धित मुलुकको नेपालमा अवस्थित वा नेपाल हेर्ने कूटनीतिक नियोग समक्ष सिफारिस गर्नेछ।

कामदारले प्रवेशाज्ञाका लागि आवेदन गर्दा सम्बन्धित मुलुकको प्रचलित कानुनबमोजिम समावेश गर्नुपर्ने कागजात कामदारले नै बुझाउनुपर्छ।

मौसमी रोजगारीमा काम गर्न जान प्रवेशाज्ञा प्राप्त गरेका कामदारले सम्बन्धित मुलुकमा प्रस्थान गर्नु अघि कम्तीमा दुई दिनको अभिमुखीकरण तालिम लिनुपर्छ। बिमांकमा नघट्ने गरी बिमा गर्नुपर्छ।

मौसमी कामदारका रूपमा जानका कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्छ। स्वास्थ्य परीक्षण गरी प्रमाणपत्र प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ।

निर्देशिका बमोजिमको सबै प्रक्रिया पूरा गरी मौसमी कामदारको रूपमा जाने कामदारलाई विभागले श्रम स्वीकृति दिनेछ।

प्रचलित कानुन बमोजिम एक पटक श्रम स्वीकृति लिएर गएको व्यक्तिले सोही रोजगारदाताकोमा पुनः रोजगारी पाउने भएमा त्यस्तो व्यक्तिलाई विभागले पुनः श्रम स्वीकृति प्रदान गर्न सक्ने व्यवस्था रहेको छ।

IME Lifesidebar
kumari