सगरमाथा इन्सुरेन्सको १७ करोड ४१ लाख ३० हजार नाफा

आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा इन्सुरेन्सले १७ करोड ४१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १.२८% ले बढी हो । गत वर्ष यस इन्सुरेन्सले १७ करोड १९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क आय भने घटेको छ ।
खुद बिमा शुल्क ११.०६% ले घटेर ७४ करोड ३६ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले ८३ करोड ६१ लख २५ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो । गत वर्ष २० करोड ८६ लाख ४५ हजार रुपैयाँ रहेको पुनर्बिमा कमिसन यस वर्ष २३ करोड ३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
चैत मसान्तसम्म आइपुग्दा बिमा कोषको आकार ६२ करोड १३ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा २७.१२% ले बढी हो । गत वर्ष यसको बिमा कोषमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ रहेको थियो । यसअवधिमा सगरमाथाले ८० करोड ८३ लाख ९९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
भने, भुक्तानी हुन बाँकी रहक ९६ करोड ११ लाख ४० हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ६५ पैसा रहेको छ ।