stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सगरमाथा इन्सुरेन्सको १७ करोड ४१ लाख ३० हजार नाफा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ वैशाख २६ गते शुक्रबार
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सगरमाथा इन्सुरेन्सले १७ करोड ४१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा १.२८% ले बढी हो । गत वर्ष यस इन्सुरेन्सले १७ करोड १९ लाख १३ हजार रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा शुल्क आय भने घटेको छ ।

खुद बिमा शुल्क ११.०६% ले घटेर ७४ करोड ३६ लाख १४ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यसले ८३ करोड ६१ लख २५ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो । गत वर्ष २० करोड ८६ लाख ४५ हजार रुपैयाँ रहेको पुनर्बिमा कमिसन यस वर्ष २३ करोड ३ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म आइपुग्दा बिमा कोषको आकार ६२ करोड १३ लाख ५२ हजार रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा २७.१२% ले बढी हो । गत वर्ष यसको बिमा कोषमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ रहेको थियो । यसअवधिमा सगरमाथाले ८० करोड ८३ लाख ९९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

भने, भुक्तानी हुन बाँकी रहक ९६ करोड ११ लाख ४० हजार रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ६५ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari