citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

युनाइटेड फाइनान्सको खुद नाफा ३९.८६%

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २५ गते बिहीबार

काठमाडौं । युनाइटेड फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको भन्दा ३९.८६% धेरै हो । गत वर्ष कम्पनीले ५ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि २०.०३% र ३९.७५% बढोत्तरी गर्न युनाइटेड फाइनान्स सफल भएको छ ।

गत वर्ष २० करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस संस्थाले यो त्रैमासमा बढाएर २६ करोड ६२ लाख रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ७ करोड ३२ लाख रुपैयाँबाट बढाएर १० करोड २३ लाख पुर्याएको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएपछि त्यसको सकारात्मक प्रभाव खुद नाफामा पनि देखिएको हो ।

तर वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको छ । चैत मसान्त सम्ममा युनाइटेडको वितरणयोग्य नाफा ७७ लाख ६३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । ६ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको युनाइटेडले ५ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल यसको चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।

रिजर्भ कोषमा भने २४ करोड १६ लाख रुपैयाँ छ । चुक्ता पुँजीलाई आधार मान्दा रिजर्भ कोष सुधार गर्नुपर्ने देखिन्छ । खराब कर्जा थोरै बढेर १.२३% पुगेको छ । गत वर्ष खराब कर्जा १.१८% थियो । यसको बेस रेट १२.३१% र कर्जा निक्षेप अनुपात ७३.९१% रहेको छ । युनाइटेडको प्रतिसेयर आम्दानी ९ रुपैयाँ १८ पैसा (वार्षिक) छ ।

gold
kumari bank