अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न
शेयर संरचना परिवर्तनको प्रस्ताव पारित
काठमाडौं । अजोड इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीले काठमाडौँ स्थित लैनचौर ब्यांक्वेटमा सम्पन्न गरेको जनाएको छ ।
कम्पनीमा संस्थापक समुह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०ः३० को अनुपातमा रहेकोमा संस्थापक समुहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरि कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव सभाले पारित गरेको छ । हाल प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्जर प्रक्रियामा छन् ।






















