stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

महालक्ष्मी लाईफले दियो व्यवस्थापकलाई सम्पत्ति शुद्धीकरण तालिम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सञ्चालकहरु र उच्च व्यवस्थापकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम प्रदान गरेको छ ।

काठमाण्डौमा मंसिर २ गते संचालित तालिम कार्यक्रममा संचालक समितिका अध्यक्ष लगायत सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत देखि बरिष्ठ सहायक महाप्रबन्धक सम्मको सहभागिता रहेको थियो ।

सहभागिहरुलाई बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापममा वित्तिय लागानी निवारण सम्बन्धी प्रशिक्षण दिएका थिए ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्तिक १८ गते आफ्ना शाखा प्रबन्धकहरुलाई होटल ल्याण्डमार्क, सौराहामा तथा कार्तिक २० गते अभिकर्ता, एजेन्सी म्यानेजर र सिनियर एजेन्सी म्यानेजरहरुलाई होटल सेभेन स्टार, सौराहामा यस सम्बन्धी प्रशिक्षण दिएको थियो ।

महालक्ष्मी लाईफले प्रत्येक वर्ष आफ्ना कर्मचारी, अभिकर्ता र संचालकहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी प्रशिक्षण दिदै आएको छ ।

बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिकामा प्रत्येक बीमा कम्पनीहरुले यस सम्बन्धी प्रशिक्षण अनिवार्य रुपमा प्रदान गर्न निर्देशन जारी गरेको छ ।

prabhu mahalaxmi
kumari