stcnepal long ad
global ime bank long

ज्योति लाईफ इन्स्योरेन्सको सीईओमा प्रकाशविक्रम खत्री नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा आजदेखि लागु हुने गरी ४ वर्षको लागि प्रकाशविक्रम खत्री नियुक्त हुनु भएका छन् । आजै बसेको संचालक समितिको वैठकले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि नै उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न स्वीकृतीको लागि नियामक निकाय बीमा समितिमा पठाइएकोमा १७ गतेको पत्रबाट स्वीकृती प्राप्त भएकोले सोही बमोजिम संचालक समितिले नियुक्त गरेको हो । ज्योति लाईफ इन्स्योरेन्सको स्थापना देखि नै कार्यकारी उपप्रमुखको रुपमा कम्पनीको व्यवस्थापनको नेतृत्व गर्दै कम्पनीले व्यवसाय शुभारम्भ गरेको करिब ३ वर्षको अवधिमा नै नेपाली जीवन बीमा बजारमा आकर्षक तथा नयाँ नयाँ विशेषता सहितका बीमा योजना जारी गरी शाखा विस्तार, व्यवसाय बृद्धि तथा नाफा आर्जनमा उल्लेख्य सफलता हासिल गर्दै ज्योति लाईफको अलग्गै पहिचान बनाइ कम्पनीको बलियो आधार स्तम्भ तयार गरि अग्रपंक्तिमा आउन सफल भएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका बैंकिङ, बीमा तथा अन्य कम्पनीहरुमा विभिन्न पदमा रही लामो कार्य अनुभव हासिल गरेका खत्रीले बेलायतको सबै भन्दा ठुलो बैंकमा गनिने बार्कलेज बैंकबाट आफ्नो पेशागत यात्रा शुरु गरेका थिए ।

बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक विताए पछि एनआईसी एसिया बैंक तथा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको सञ्चालकको रुपमा समेत अनुभव हासिल गरेका थिए । व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दखल भएका खत्रीको प्राथमिकता सहभागिता मुलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत सुशासन, ग्राहक मैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ ।

कम्पनीको स्थापना देखि कार्यकारी उपप्रमुखको रुपमा सफल नेतृत्व प्रदान गरिरहेका खत्रीलाइ नै प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न पाएकोमा हर्षित हुँदै कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना दिए ।

नव नियुक्त प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाइ केहि वर्ष भित्रमा नेपालीहरुको पहिलो रोजाइको जीवन बीमा कम्पनी बनाउन आगामि दिनमा अझ बढी सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै श्री बीमा समिति, संचालक समिति, अभिकर्ताहरु, कर्मचारीहरु लगायत सम्बन्धित सबैलाइ धन्यवाद दिंदै निरन्तर सहयोगको लागि हार्दिक आग्रह गरे ।

IME Lifesidebar
kumari