stcnepal long ad
global ime bank long

सानिमा बैंकका ग्राहकले सोमबार दराजबाट समान किन्दा १० प्रतिशत छुट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ वैशाख २१ गते आइतबार 

काठमाडौं । सानिमा बैंक लिमिटेड र दराज प्रालिबीच अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्ड मार्फत शपिङ्ग गर्दा १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यो योजना बैशाख २२ गते सोमबारदेखि लागु हुनेछ । उक्त सम्झौतामा सानिमा बैंकका बिक्रम श्रेष्ठ प्रमुख डिजिटल बैंकिङ्ग र दराजका प्रवन्ध निर्देशक लिनो एलेरिङ्गले हस्ताक्षर गरेका छन् ।

यो योजनाले ग्राहकहरु डिजिटल बैंकिङ्ग प्रति आकर्षित हुने विश्वास राखेको छ । यस सम्बन्धि थप जानकारी बैंकको हटलाइन नं ०१–४४४३९०१ बाट प्राप्त गर्न सक्ने छन् । सानिमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै घरमै बसी अनलाइनबाटै मुद्दती खाता खोल्न तथा नविकरण गर्ने, अनलाइन खाता खोल्ने, बिजुली/टेलिफोन बिल भुक्तानी लगायतका डिजिटल बैंकिङ्ग सुबिधाहरु प्रदान गर्दै आइरहेकोे छ ।

 

IME Lifesidebar
kumari