stcnepal long ad
himalayan life insurance long ad

प्राइम लाइफ इन्स्योरेन्सको नाफा घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा प्राइम लाइफको खुद नाफा ५७.१२ प्रतिशतले घटेर ५ करोड २५ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्षको यसैअवधिमा १२ करोड २५ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बिमा शुल्क आम्दानी १.९५ प्रतिशतले घटेको छ । साथै, भुक्तानी हुन बाँकी दाबी वापतको व्यवस्था रकम करिब २ करोड रुपैयाँले बढेर ३ करोड १४ लाख रुपैयाँ पुगेपछि आम्दानी प्रभावित बन्दा खुद नाफा पनि घटेको छ ।

जीवन बिमा कोषको आकार भने २६.५४ प्रतिशत बढेर १९ अर्ब ८९ करोड ८१ लाख रुपैयाँ पुगेको छ । जगेडा कोष २५.३६ प्रतिशतले घटेर ५९ करोड ९३ लाख २९ हजार रुपैयाँमा आएको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्राइम लाइफको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ ३० पैसा छ ।

बिमा समितिले निर्धारण गरेको पुँजी पुर्याउन हाल प्राइम, युनियन र गुराँस लाइफ इन्सुरेन्सले मर्जर प्रक्रियामा रहेका छन् ।