citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

प्रभु र अजोड इन्स्योरेन्स विच मर्जरको सहमतिपत्रमा हस्ताक्षर

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्यो‍‍रेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने सहमतिपत्र पत्रमा हस्ताक्षर गरेका छन् ।

आज दिउसो सम्पन्न एक विशेष कार्यक्रममा प्रभु इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र अजोड इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संचालक चिरन्जीबी द्वाले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

दुई कम्पनी विचमा भएको संझौता अनुसार प्रभु र अजोड विच एक बराबर ०.७० रुपैयाँको स्वाप रेसियोमा सहमति भएको छ । मर्जर पछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स नै रहनेछ ।

मर्जर पछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रभुका सञ्चित बज्राचार्य रहनेछन् भने अध्यक्षमा अजोडका आजाद श्रेष्ठ रहनेछन् ।

मर्जर पछिको सञ्चालक तर्फ प्रभुका चार जना र अजोडका तीन जना सञ्चालक रहने सहमति भएको छ । बाँकी दुई सञ्चालकलाई भने सल्लाहकारको रुपमा राख्ने सहमति गरिएको छ ।

हाल प्रभुको चुक्ता पूँजी एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । अजोडको भने एक अर्ब रुपैयाँ रहेको छ । दुई कम्पनीहरु विचमा भएको सहमति अनुसारको स्वाप रेसियो पछि अजोडको ७० करोड रुपैयाँ प्रभु इन्स्योरेन्सको चुक्ता पूँजीमा जोडिनेछ ।

स्वाप रेसियोका आधारमा मर्जर पछिको कम्पनीको चुक्ता पूँजी एक अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । मर्जर पछि कम्पनीले बोनस शेयर र केहि हकप्रद शेयर निष्काशन गरेर बीमा समितिले तोकेको पूँजी जुटाउन सक्ने छन् ।

दोस्रो बजारको शेयर मूल्य अनुसार अजोड इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुलाई चरम घाटा हुने भएको छ । हाल प्रभुको शेयर मूल्य ४२८ रुपैयाँ र अजोडको ४४८ रुपैयाँ रहेको छ । स्वाप रेसियो अनुसार अजोडको शेयर पूँजी भने ३० प्रतिशतले घट्ने छ ।

himalayan life insurance
igi long