citizens life insurance long ad
stcnepal long ad

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बिद्यालय भवन निर्माणलाई आर्थिक सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत बिद्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागि रु ३ तीन लाख आर्थिक सहयो गरेको छ ।

परराष्ट्र मन्त्री डा. नारायण खड्काज्युको प्रमुख आतिथ्यमा एक कार्यक्रम विच स्कुलमा पुगि हस्तान्तरण गरिएको छ । डा. खड्काको पहलमा कम्पनीले सहयोग गरेको छ ।

 

कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री डा. खड्काले आफ्नो गृह वडाका विध्यालयलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गर्नु भयो । उहाँले बिद्यालयको शैक्षिक गुणस्तरबृद्धिको लागि आफुले सक्ने सहयोग गर्ने बताउनु भयो । साथै कम्पनीलाई आफनो पहलमा सहयोग गरेकोमा प्राइम लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरिनै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्व अन्र्तगत मन्त्रिज्युको पहलमा स्कुल तथा बिध्यार्थिलाई सहयोग गर्न पाएको खुसि व्यक्त गर्नु भयो ।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष उद्धव काफ्लेले इन्स्योरेन्स कम्पनीले यस किसिमको सहयोगले केहि थप हौसला मिलेको वताउदै मन्त्री तथा कम्पनीलाई धन्यबाद ज्ञापन गर्नु भयो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, लक्ष्मण ज्ञवाली, मन्दिल अधिकारी, हरि बहादुर खड्का, बिकाश अधिकारी लगाएको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिद्यालयका शिक्षक, अभिभावक बिध्यार्थि लगाएत बिभिन्न क्षेत्रका ५०० जना भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

IME Life
kumari