citizens life insurance long ad
stcnepal long ad

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न

बीमा क्षेत्रमा पहिलो मर्जर सफल, साउन १ गतेबाट एकिकृत कारोबारको तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा एयरपोर्ट होटल, काठमाडौंमा सम्पन्न भएको हो भने एभरेष्ट इन्स्योरेन्स कम्पनीको विषेश साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो ।

दुवै कम्पनीले एकापसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सभामार्फत अनुमोदन गरेका छन्। यी दुई कम्पनी १ः शून्य दशमलव ८५ अनुपातमा गाभिने प्रस्ताव पारित गरेका हुन् ।

 

 

एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।

विशेष साधारण सभाले दुवै कम्पनीको गाभ्ने गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य सम्झौताहरु अनुमोदन गरेको छ ।

सभाले मर्जरपछि कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहने लगायतका प्रस्ताव पारित गरेको छ ।

यी कम्पनीले मर्जरको प्रस्ताव पारित गरी साउन १ गतेबाट एकिकृत कारोबार गर्ने गरी प्रक्रिया अगाडी बढाएको कम्पनीले जनाएको छ ।

मर्जर पछि बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा महेन्द्र कृष्ण श्रेष्ठ , सिइओमा बिजय बहादुर शाह हुने र वरिष्ठ डिसिइओमा कमल गौतम रहनेछन् । साथै, हिमालय एभरेष्ट इन्स्योरेन्सको शाखा संख्या ७५ हुनेछ चने कर्मचारीको संख्या ४ सय ४४ जना हुने बताएको छ ।

हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड रहेको छ।

९आर्थिक वर्ष ७७/७८ मा कम्पनीले वितरण गर्ने ६ प्रतिशत बोनस शेयर पश्चात ० छ । यदी दुवै कम्पनीहरु १ बराबरको १ को स्वापमा मर्जरमा गएको अवस्थामा मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड हुन्छ ।

IME Life
kumari