citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज जेठ ३० गते नेपाल इन्स्योरेन्सको वार्षिक साधारण सभा

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको आज सोमबार जेठ ३० गते वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ११ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, अधिकृत पुँजी २ अर्ब रुपैयाँबाबट बढाएर २ अर्ब ६० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि रहेको छ । यता, सभामार्फत सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन हुनेछ ।

 

प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३७ करोड ८९ लाख ८५ हजार रुपैयाँ पुग्ने भएकाले सोही बजोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।

सञ्चालक समिति र उप समितिको बैठक भत्ता र सुविधा पुनरावलोकन गर्ने प्रस्ताव पनि रहेको छ । सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा प्रयोजनका लागि नेपाल इन्स्योरेन्सले जेठ १७ गतेदेखि बुक क्लोज गरेको छ । जेठ १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

 

himalayan life insurance
igi long