यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. अध्यक्ष रवि भक्त श्रेष्ठले बीमा समितिका अध्यक्षबाट सपथ ग्रहण
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. को २०७९ जेठ २३ गते बसेको २८ औं वार्षिक साधारण सभामा भएको निर्वाचनबाट संचालक समितिमा निर्विरोध निर्वाचित हुन भएका सदस्यहरुबाट संचालक समितिको अध्यक्ष पदका लागि रवि भक्त श्रेष्ठलाई चयन गरिएको छ ।
बीमकको संस्थागत सुशासन निर्देशिका २०७५, को दफा ३ को उपदफा (४) बमोजिम २०७९ जेठ गते अध्यक्ष रवि भक्त श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अनुसूची १ बमोजिमको ढाँचामा पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो ।
सो पश्चात कम्पनीको केन्द्रिय कार्यलयमा बसेको संचालक समितिको बैठकमा अन्य संचालकहरुले अध्यक्ष रवि भक्त श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ गर्नुभयो ।























