citizens life insurance long ad
stcnepal long ad

शेयरधनीको हितग्राही खातामा नेको इन्स्योरेन्स लिमिटेडको बोनश शेयर जम्मा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १५ प्रतिशत बोनश शेयर आफ्ना सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफबाट वितरण गर्ने भनिएको कम्पनीको चैत ९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरिदिएको एक सुचना जारी गर्दै जनाएको छ ।

 

 

 

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते बुक क्लोज गरेको थियो । यस आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीको हितग्राही खातामा उक्त बोनश जम्मा गरिने कम्पनीले जनाएको छ ।

उक्त मितिपछि शेयर अभौतिकीकरण गराए शेयरधनीको हकमा भने क्रमशः शेयर जम्मा हुने व्यवस्था मिलाएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुलाई पनि कम्पनीले यथाशिघ्र शेयर अभौतिकीकरण गराई आफ्नो बोनश शेयर समेत हितग्राही खातामा नै आउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

 

IME Life
kumari